के नङको रङ फेरिँदै छ ? बेवास्ता नगर्नुहोस्

हाम्रो नङको रङले हाम्रो स्वास्थ्यबारे धेरै खुलासा गरेको हुन्छ । यदि हाम्रो नङको रङ बदलिँदै छ र पहिलेको तुलनामा निकै पहेँलो हुँदै गएको छ भने यसले हाम्रो शरीरमा रगतको कमी हुँदै गएको जनाउँछ।

यसको अर्थ हामीलाई एनिमिया भएको हुनसक्छ । वा यही कुरा हाम्रो मिर्गौला वा कलेजो खराब भएको संकेत पनि हुनसक्छ। अर्कोतिर हाम्रो नङको रंग सेतो हुँदै गएको छ भने हाम्रो कलेजोमा समस्या हुनसक्ने संकेत त्यसले गरेको हुन्छ । हामीलाई थायराइड हुँदै छ भने हाम्रो नङको रङ कालो हुँदै जाने सम्भावना बढी हुन्छ।

नङ नीलो हुँदै गएको छ भने हाम्रो शरीरमा आवश्यक अक्सिजन पुगिरहेको हुँदैन । त्यसैले हाम्रो नङमा सामान्यभन्दा पनि अलिक नोटिसेबल परिवर्तन देखिँदै गएको छ भने हामीले तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।

नङ फुल्दा नयाँ लुगा आउने होइन, रोग आउने गर्दछ –

नङमा सेतो धर्सा बसेमा हामी त्यसलाई नङ फुलेको भन्छौँ । बच्चाबेलामा यसरी नङ फुल्दा नयाँ तथा राम्रो लुगा पाइन्छ भनेर निकै खुशी हुने गरिन्थ्यो ।

तर, नङ फुलेमा वा नङको रङ परिवर्तन भएमा आयुर्वेदिक, होमियोप्याथिक, युनानी, आमची तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिहरूमा यसलाई स्वास्थ्यसँग जोडिएको समस्याको रुपमा लिइने गरिन्छ । नङ फुल्नु स्वास्थ्यको दृष्टिले राम्रो मानिन्दैन ।

मानिसको शरीरमा जिंक, प्रोटिन तथा क्याल्सियमको कमिका कारण नङमा सेतो धर्सा वा दाग देखिन थाल्छ

नङ विभिन्न स्वास्थ्य कारणले फुल्ने गर्छ । नङमा सेतो दाग देखिनु विज्ञानको भाषामा ल्युकोनाकिया भएको वा म्युरेक्स लाइन भनिने गरिन्छ । नङको तल्लो भागमा चो-ट लागेमा वा नङ थिचिएमा नङमा सेतो दाग देखिन थाल्छ ।

ढोकामा वा ढुंगामा नङ ठोकिदा वा च्याप्दा सेतो दागहरु आउन थाल्छ । मानिसको शरीरमा जिंक, प्रोटिन तथा क्याल्सियमको कमिका कारण नङमा सेतो धर्सा वा दाग देखिन थाल्छ ।

जिंक, प्रोटिन तथा क्याल्सियम प्राप्त हुने सन्तुलित भोजन खाएमा यस्तो समस्याबाट मुक्ती पाउन सकिन्छ । दैनिक खाने भोजनमा गेडागुडी, कार्बोहाइड्रेड, पोर्क, नट, सुन्तलाको जुस, दुध लगायत खानेकुरालाई समावेश गरेमा पोषणको मात्रा शरीरमा सामान्य अवस्थामा आएमा म्युरेक्स लाइन आफै हराउन थाल्छ । नङ फुल्नु शरीरमा भएको केही गम्भीर रोगको लक्षण समेत हुन सक्छ ।

केहि दिनमै नङको सेतो दाग हराएमा चिन्ता लिनु पर्दैन । तर, यस्तो दाग लामो समयसम्म देखिएमा तत्काल चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । धेरै नङ फुलेमा यसले लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण समेत हुने पाइएको छ ।

साथै, नङ पोलिसको एलर्जीका कारण पनि नङमा सेतो दाग आउने गर्छ । नङ पालिसमा हुने विभिन्न रसायनका कारण नङको भित्री भागमा असर गर्ने हुन्छ जसकारण सेतो दाग आउन सक्छ ।

यदि गम्भीर रोगको लक्षण नभएमा नङमा भएको दागलाई हटाउने सरल उपायहरु छन् । यस्तो समस्या हुदा भिटामिन ई वा बडी लोसनले हातलाई मोश्चराइज गर्नु पर्छ ।

मोश्चराइजर प्रयोग गर्दा नङको छालामा पनि छुने गरि प्रयोग गर्नु पर्छ । क्याल्सियम, प्रोटिन, जिंक युक्त प्रसस्त खानेकुरा खाने गर्दा पनि केहि हद सम्म नङ फुल्ने समस्याबाट समाधान पाउन सकिन्छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै