१२ तस्बिरमा हेर्नुहोस् कती ‘क्युट’ मिरूना !

नायिका मिरुना मगर अभिनति फिल्म चल्न नसकेपनि उनि भने चलिरहेकी छिन् । उनी अभिनित फिल्म निरन्तर फ्लप छन् तर उनी भने निरन्तर चर्चामा छिन् ।

फिल्मसँगै बिभिन्न पर्यटकीय ठाउँहरुमा घुम्न मन पराउने मिरुना निकै घुमघामका तस्बिर सामाजिक संजालमा शेयर गरिरहन्छिन् । तर पछिल्लो समय भने उनी अल्ली सुस्ताएकी छन् ।

आमाबुबासँगै बालपन बेलायतमा बिताएकी मिरुना एनजिओ, आइएनजिओमा आवद्ध भएर समाजसेवा गर्ने उदेश्यका साथ २०१६ मा नेपाल फर्किएकी थिइन् ।

तुरुन्तै एनजिओ, आइएनजिओमा आवद्ध हुन नपाएपछि सुरुमा उनले थिएटर अभिनय सिक्न थालिन् । सिक्दै गर्दा उनले ‘कथा देश ३’ नाटक अभिनय गरिन् । यहि नाटकले उनको अभिनय ढोका खोलिदियो । नाटक अभिनयका कारणले उनलाई फिल्म ‘लालपुर्जा’ मा काम गर्ने अवसर मिल्यो । ‘लालपुर्जा’ मिरुनाको डेब्यु फिल्म हो ।

‘लालपुर्जा’को व्यवसाय राम्रो हुन त सकेन । तर अभिनयबाट भने उनले तारिफ बटुलिन् । सोही कारण पनि उनको हातमा फिल्म ‘रोज’ पर्यो । पछिल्लो समयका हिट अभिनेता प्रदीप खड्कासँग ‘रोज’ अभिनय गरेकी मिरुनालाई यो फिल्मले ब्यवसायिक सफलता दिलाउन नसकेपनि अभिनय झन् उचाहीँ दिलाउने काम गर्यो ।

मिरूनाले सामाजिक संजालमा बिभिन्न नयाँ पुराना सुन्दर तस्बिर शेयर गरेर फ्यानहरूसँग जोडिएकी छन् । उनका तस्बिरमा फ्यानहरूले उनको क्युटनेसको निकै प्रशंसा गरिरहेका हुन्छन् ।

तस्बिर – मिरूनाको फेसबुक/इन्स्टाबाट

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै