कोरोनासँग लड्न खानुहोस् घरमै पाइने यी ५ प्रकारका खानेकुरा !

कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भनेर मानिसहरु अनेकौ उपायहरु गरिरहेका छन् ।

कोहि मास्क, साबुन, स्यानिटाइजर लगायतका वस्तु प्रयोग गरिरहेका छन् भने कोहि यसबाट बच्न सकिने अरु उपायहरु खोजिरहेका छन् ।

कोरोनाबाट बच्न घरभित्रै रहने, साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने र हातले अनुहार नछुने सबैभन्दा राम्रो विकल्प हो । तर कोरोनको संक्रमणबाट यस अलावा चिकित्सकहरुका अुनसार शरीरमा प्रतिरोधात्मक शक्ति बढाउन बिभिन्न हेल्थ टिप्स दिइरहेका हुन्छन् ।

पोषण तथा स्वास्थ्य विज्ञका अनुसार तीन प्रकारका भिटामिनले मानिसको शरीरमा प्रतिराधि क्षमताको विकास गर्छ । जसले संक्रमण हुनबाट बचाउँनसक्छ ।

– भिटामिन सी पाइने खानेकुरा

भिटामिन सीले इम्यून सिस्टमको विकास गर्दछ । अर्थात भिटामिन सीको अभाव भएमा शरीरमा कैयौं प्रकारको रोग लाग्ने सम्भावना हुन्छ । त्यसैले भिटामिन सी प्राप्त गर्न सुन्तला, मौसमी, स्ट्रबेरी, पालुगों र ब्रोकाउली सेवन गर्नुपर्दछ ।

– भिटामिन बी ६ पाइने खानेकुरा

शरीरमा प्रतिरोधात्मक शक्ति बढाउन तन्दुरुस्त राख्न भिटामिन बी ६ को सेवन अनिवार्य छ । भिटामिन बी६मा समावेश हुने कैयौं प्रकारका बायोकेमिकल रियाक्सनले इम्यूनिटीको विकास गर्दछ । भिटामिन बी ६ का प्राप्त गर्न माछामासु र अण्डाको सेवन गर्नुपर्दछ । यस अलावा सोयाबीन, चना, दूध र आलूमा पनि भिटामिन बी ६ बाट पाउन सकिन्छ ।

भिटामिन ई पाइने खानेकुरा

शरीरमा कुनै पनि रोगको संक्र-मण नहोस् भन्नका लागी शरीरमा भिटामिन ई हुनु अति आवश्यक छ । भिटामिन ईमा समावेश हुने एन्टिअक्सीडेन्ट्सले शरीरलाई इन्फेक्सनमा लड्न शक्ति प्रदान गर्छ । ओख्खर, बदाम र पालुगाें सहित ब्रोकाउलीबाट पनि भिटामिन ई पाउन सकिन्छ ।

अमिला फलफूल

अधिकतम रोगमा चिकित्सकले बिरामीलाई सिट्रस फ्रूट्स अर्थात अमिला फलफूल खाने सल्लाह दिन्छन् । सिट्रस फ्रूट्सहरुमा अंगुर, सुन्तला, निमुबा, कागती, सरिफा लगायतका फल पर्दछन् । इम्यूनिटी बढाउनका लागी मानिसलाई सिट्रस फ्रुट्स आवश्यक पर्दछ ।

अदुवा

अदुवामा कैयौं प्रकारका एन्टी भाइरल तत्व पाइन्छ । त्यसैले आफ्नो खानपानमा अदुवाको समावेश गर्नु लाभदायक हुन्छ । सौप वा महका साथमा अदुवा खादाँ यसबाट बढि लाभ पाउन सकिन्छ । दैनिक ३/४ पटक अदुवाको सेवन गरेमा यसले इम्यून सिस्टम राम्रो बनाउँछ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै