कोरोना अपडेटः संक्रमित २ लाख ६४ हजार ७८०, निधन १९१७, डिस्चार्ज २ लाख ५८ हजार ४४१

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा ३, झापामा १, भोजपुरमा १, मोरङमा ८, सुनसरीमा ४, धनुषामा २, सिरहामा ३, काठमाडौँमा ९९, काभ्रेमा १, चितवनमा ५, दोलखामा २, नुवाकोटमा ४, भक्तपुरमा ९, ललितपुरमा १८ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा ११, गोरखामा २, तनहुँमा ५, म्याग्दीमा १, बागलुङमा २, स्याङजामा २, कपिलवस्तुमा १९, दाङमा ३, नवलपरासीमा २, पाल्पामा ४, प्यूठानमा १, बाँकेमा २, रुपन्देहीमा ६, रोल्पामा २, सुर्खेतमा ३, अछाममा १०, कैलालीमा २, डढेलधुरामा ७ र बझाङमा १२ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार आइतबार ५१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ।

हाल देशभर ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ३ हजार ३ सय ९९ पीसीआर परीक्षण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १७ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर १९१ जना कोरोना संक्रमितको आईसीयुमा र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै