थाहा छ ? यी ९ लक्षण भएका नारीहरु हुन्छन सौभाग्यवती

नारी परिवारमा लक्ष्मीको रुपमा मानिन्छ । माता अन्नपुर्णले उनको पोषणको वरदान दिएकी हुन् । पुरानो कथन पनि छ, ‘जहाँ नारीको पुजा हुँदैन त्यहाँ देवता पनि खुशी हुँदैनन् ।’ फरक फरक शास्त्रमा सौभाग्यवती नारीको केही लक्षण वर्णित गरीएको छ । लक्षणको बारेमा चर्चा गरौ ।

-जुन महिला मिठो वचन बोल्ने, उनको आवाजमा मधुरता र कसैलाई स्नेहि वाणीले व्यवहार गर्छिन् ।

-आस्तिक, सेवा भाव राख्ने, क्षमाशील, दानशील, बृद्धिमान, दयावान, र कर्तव्यको पालन गर्नै नारी लक्ष्मीको रुप हुन्छन् ।

-जुन महिला तन भन्दा मन सुन्दर हुन्छ
-अरुको दुखमा सहयोग गर्ने

-घरमा भेदभाव बिना सबैको समान भोजन गराउने
– दैनिक स्नान गरेर भान्छामा प्रवेश गर्ने

-बिहान देवी–देवताको पुजा गर्ने
-प्रतिव्रत धर्मका पालन गर्ने

-धर्म र नीतिको मार्गमा हिड्न पारिवारीक सदस्यलाई प्रेरित गर्ने
(धार्मिक ग्रन्थको सहयोगमा)

यो पनि- यस्ता रोग भएकाहरुले भुलेर पनि नखानुहोस् दही

दही हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक चिज हो । भिटामिन र प्रोटिन भरपुर हुने दहीको सेवनले धेरै रोगहरुबाट बच्न सकिन्छ । यसमा भिटामिन–ए, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिन पाइन्छ । यसमा पाइने प्रशस्त भिटामिन सी पनि पाइन्छ ।

यसको नियमित सेवनले इम्यून सिस्टमलाई दह्रो बनाउछ । तर केही यस्ता रोगहरु छन् जसका लागि दही उपयुक्त मानिदैन । दहीको सेवन विभिन्न अवस्थामा हानिकारक हुन सक्छ । तपाईले रातिको समयमा दही खाएर सुत्नु हुँदैन ।

राति दही खाएर सुतेमा कफ, रुघा र खोकी हुने सम्भावना हुन्छ । जोर्नीमा पीडा भइरहेको छ भने पनि दही खान हुँदैन । त्यस्तै छालामा एलर्जी छ भने पनि दही खाँन हुदैन । यसले झन समस्या ल्याउछ ।

रातमा दही खाएर सुतेमा कोसो बढ्ने हुन्छ । दही तताएर पनि खान हुँदैन । तपाईलाई दमको रोग र पिनास छ भने पनि दही खान हुँदैन ।यस्तो अवस्थामा दही खाँएमा श्वासप्रश्वासको समस्या हुन्छ । मासुसँग पनि दही खाँन हुँदैन ।

यो पनि- धेरै गुलियो नखानुहोस्, यसले मुटुरोग निम्त्याउँछ : अध्ययन

धेरै गुलियोयुक्त आहार लिने स्वस्थ मानिसहरुमा मुटुरोगको प्रबल सम्भावना बढ्ने गरेको नयाँ अनुसन्धानले पत्ता लगाएको छ । युनिभर्सिटी अफ सरेबाट गरिएको अनुसन्धानले मोटाघाटा मानिसहरुमा यस्तो जोखिम देखाएको हो ।

उच्च मात्रामा गुलियो खाने स्वस्थ मानिसहरुले रगतमा फ्याटको मात्रा बढाएको र कलेजोमा फ्याट संग्रहित भएको पाइएको थियो । क्लिनिकल साइन्समा प्रकाशित उक्त अध्ययनमा मानिसहरुलाई दुई समूहमा राखेर अनुसन्धान गरेको थियो । एउटा समूहकालाई कम गुलियो र अर्को समूहकालाई उच्च मात्रामा गुलियो खुवाएर कलेजोमा बढ्ने फ्याटको मात्राले मुटुमा पर्नसक्ने प्रभावबारे अध्ययन गरिएको थियो ।

कम गुलियो खुवाइएकामा १४० मात्रै क्यालोरी पाइयो भने उच्च गुलियो खानेहरुमा ६५० क्यालोरी पाइएको थियो । १२ हप्तापछि उच्च सुगरयुक्त खाना खाएकामा लिभर फ्याट पनि उच्च मात्रामा बढेको पाइएको थियो । यसले मुटुमा प्रभाव पार्दै हार्ट-अट्याक र स्ट्रोकको जोखिम बढेको पाइएको थियो ।

अध्ययनअनुसार धेरै गुलियो खानेहरुको शरीरमा रासायनिक प्रतिक्रिया हुने देखियो । जुन मुटुका लागि खतराको सूचक हो । सानै उमेरमा गुलियो धेरै खाने केटाकेटीहरुमा समेत यसले मुटुरोगको जोखिम बढ्ने देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै