सिमरा गोल्डकपको तयारी पूरा, रात्रीकालिन खेल हुने

अविनास थापा ।

सिमरा । जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको ११ औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक नव जनजागृती युवा क्लब सिमराले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सबै तैयारी सकिएको जानकारी दिएको छ।

सिमरा रंगशालामा चैत्र ३१ गतेबाट शुरु हुने प्रतियोगिता बैशाख ११ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा नेपाली तथा विदेशी गरी १२ टिमको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

नेपालका विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), हिमालयन शेर्पा, संकटा क्लब लगायतका अन्य मोफसलका टिम एवं अफ्रिकन रुट्स एसोसियसन क्यामरुनको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता राति फ्लड लाइटमा खेलाईनेछ । प्रदेश नं-२ मा नै पहिलो पटक रात्रीकालिन समयमा खेल हुन गइरहेको सिमरा गोल्डकपका लागि मैदानको स्तरोन्नती, लाईट जडान लगायतको आवश्यक सबै तयारी सकिएको अध्यक्ष लामाले जानकारी दिए ।

प्रतियोगीताको विजेताले ७ लाख र उपविजेताले रु ३ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगीतामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीले समान १५ हजार पाउनेछन भने सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने आयोजकले बताएको छ ।

विश्वकर्मा सिमेन्टको मुख्य प्रायोजनमा हुन लागेको यस प्रतियोगितामा करीब ७० लाख ५५ हजार लागत अनुमान रहेको र प्रतियोगिता सम्पन्न गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको आयोजकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै