सबै विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो महत्वपूर्ण जानकारी [सुचनासहित]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले महत्वपूर्ण सुचना प्रकाशित गरेको छ । त्रिविले स्नातक तह ३ र ४ वर्षे प्रथम वर्षको मौका समेत परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना प्रकाशित गरेको हो ।

सुचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने ३ वर्षे र ४ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षा शास्त्र सङ्काय र ४ वर्षे स्नातक तह प्रथम वर्षका परीक्षा दिने व्यावस्थापन, विज्ञान र शिक्षा शास्त्र सङ्कायका नियमित तथा आशिंक परीक्षार्थीहरूल र प्राज्ञिक परिषद्को स्थायी समितिको मिति २०७६ साउन २३ गते बसेको बैठकको निर्णय नं. १६(३)अनुसार तीन वर्षे स्नातक तहको समय सीमा नाघेका मौका परीक्षा दिने विद्यार्थीहरूको हकमा २०७७ सालको वार्षिक परीक्षामा एकपटकका लागि मौका परीक्षामा सहभागी गराउने निर्णय भएको हुँदा स्नातक तह तीन,चार वर्षे प्रथम वर्षका स्नातक तर्फका नियमित,आंशिक र मौका परीक्षा दिने परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पस–कलेजमा र प्राइभेट परीक्षार्थीहरूले सोझै यस कार्यालय वा आफूलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७७ साल चैत ३१ गते देखि २०७८ वैशाख ३० गतेसम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ताभित्र परीक्षा आवेदन फाराम भरी बुझाउनहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v8.0&appId=650414169208129&autoLogAppEvents=1

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै