डिभोर्सपछि एक्लै रमाइरहेका यी ९ महिला कलाकार !

पारिवारीक जीवन जिउने क्रममा आपसी मतभेद त हुन्छ नै । तर कतिपय मतभेद बढ्दै जाँदा सम्बन्ध नै पुर्ण बिराम लाग्नसक्छ ।

संगै मर्ने संगै बाच्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य जीवन यात्रा सफल भएको छैन् । सामन्यतया अविश्वास, आशंका र महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ।

 

डिभोर्स गरेर दोस्रो विवाह गर्ने कलाकारहरुमा संचिता लुइटेल, पूजा चन्द, सिम्पल खनाल, प्रियकां कार्की , झरना बज्रचार्यलगायत छन् । सुस्मिता बमजन, प्राश्ना शाक्य, प्रिया रिजाल, रेश्मा सुनुवार, पुजना लामा, सिरु बिष्ट, सुस्मिता कार्की, सिर्जना बस्नेत डिभोर्स गर्ने कलाकारको सूचीमा पर्छन् ।

एउटा दाम्पत्य सम्बन्ध सफल नभएर अलग भएका दम्पतीहरु अर्कोसंग घरजम गर्ने तयारी गर्छन् । तर डिभोर्सपछि एक्लै गुजारा चलाइरहेकाहरु पनि छन् ।

 

हामीले केही महिला कलाकारबारे चर्चा गर्दैछाै जो डिभोर्सपछि पनि एक्लै जीवन हाँकिरहेका छन् ।

मौसमी मल्ल: मौसमी मल्ल कुनै समयकी चर्चित नायिका हुन् । उनले १५ वर्ष कै उमेरमा धन विक्रम मल्लसंग विवाह गरेकी थिइन् । विवाह भएको ९ वर्षपछि मौसमीले डिभोर्स गरेकी हुन् । आफ्नो ‘ध्वस्त वैवाहिक जीवन सम्झेर पुन विवाह गर्नेबारे कल्पना पनि नगरेको उनले बताउने गरेकी छिन् ।

 

अरुणिमा लम्साल: एक समयकी चर्चित नायिका अरुणिमा लम्सालको पनि वैवाहिक सम्बनध टिक्न सकेन् । अमित अर्यालसंग विवाह गरेकी उनले १२ वर्षको वैवाहिक सम्बन्धलाई टुङ्ग्याएकी थिइन् ।

 

रेखा थापा: हिम्मतवाली नायिकाका रुपमा परिचित छिन् रेखा थापा । फिल्मभित्र नायकलाई ओझेल पार्दै उनी नै नायकका रुपमा उभिन्छिन् । निर्देशक छवि ओजासंग विवाह गरेकी थापाको वैवाहिक सम्बन्ध लामो समयसम्म भने टिक्न सकेन् । एक दशक लामो वैवाहिक सम्बन्धलाई ब्रेक लगाएकी रेखा हाल एक्लै बसीरहेकी छिन् ।

 

मिलन नेवार अमात्य: मिलन नयाँ पुस्तामा परिचित गायिका हुन् । अहिलेसम्म उनले दर्जनौ गीतमा स्वर दिएकी छिन् । सफल गायिका अमात्यको वैवाहिक जीवन भने सफल हुन् सकेन् । विवाह भएको ६ वर्षमा मिलन र उनको श्रीमानबीच डिभोर्स भयो ।

 

मनिषा कोइराला: मनिषा कोइराला केहि समयसम्म बलिउडमा नम्बर १ नायिकाको स्थान हासिल गरेकी नायिका हुन् । नेपाली फिल्म फेरि भेटउँलाबाट डेब्यु गरेपनि बलिउडमा भने उनले टप ब्यानरको सौदागरबाट झुल्किने मौका पाइन र उनी त्यहि फिल्मबाट नै रातारात स्टार बनिन् । उनै मनिषाले बिजनेस म्यान सम्राट दाहालसंग विवाह गरेकी थिइन् । तर उनीहरूको सम्बन्ध टिक्न सकेन ।

 

गौरी मल्ल: गौरी मल्ल अब्बल अभिनयका कारण नेपाली सिने बजारमा सदाबहार छिन् । करियरकै उचाइमा रहेका बेला उनले प्रज्वल भण्डारीसंग विवाह गरेकी थिइन् । प्रज्वलसंग वैवाहिक सम्बन्ध नटिकेपछि उनीहरु अलग्गिए । गौरीले अहिलेसम्म एक्लै बस्दै आएकी छिन् ।

 

रन्जना शर्मा: नायिका रन्जना शर्माले निर्देशक श्याम भट्टराइ विवाह गरेकी थिइन् । विवाहपछि रन्जना अमेरिका गइन त्यसपछि उनीहरु टाढा हुँदै गए अन्तत उनीहरु अलग्गिए । रन्जना हाल अमेरिकामै छिन् ।

 

रिमा विश्वकर्मा: नायिका तथा मोडल रिमा विश्वकर्माले रोबर्ट बिकसंग विवाह गरेकी थिइन् । विवाह गरेको २ वर्ष नपुग्दै नै उनीहरुले आफ्नो सम्बन्धलाई पूर्णविराम लगाए । नेपाल आइडलको पहिलो र दोस्रो सिजनमा होस्ट बनेपछि लोकप्रियता अझ तुल्याउन सफल रिमा प्रस्ट वक्ताका कारण चर्चामा रहन्छिन् ।

 

चुल्ठिम डोल्मा: चलचित्र नोभेम्बर रेनबाट चर्चामा आएकी चुल्ठिमले गाएक धिरज राईसंग विवाह गरेकी थिइन् । चुल्ठिमको बैवाहिक सम्बन्धपनि लामो समयसम्म अघि बढेन् । उनीहरु के कारणले अलग भए भन्नेकुरा खुलाइएको छैन् । हाल उनी एक्लै बसिरहेकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै