एउटा राम्रो मन लाखौ राम्रो अनुहार भन्दा राम्रो हुन्छ, रोज्नु छ भने मन हेरेर रोज्ने गर, अनुहार हेरेर होइन – मनछुने भनाई मनछुने भनाई

१) समझदार बन्नु छ भने अरुको गल्ती बाट सिक, यदि आफैमाथी प्रयोग गर्न थाल्यौ भने त तिम्रो पुरै जिन्दगी पनि कम हुनेछ ।

२) एउटा राम्रो मन लाखौ राम्रो अनुहार भन्दा राम्रो हुन्छ, रोज्नु छ भने मन हेरेर रोज्ने गर, अनुहार हेरेर होइन ।

३) यदि तपाईसित जित्ने आकंक्षा छ भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ ।

४) एउटा ठोस चट्टानलाई हावाहुरीले हल्लाउदैन, त्यस्तै बुद्दिमानी व्यक्ति प्रशंसा र आरोप देखि बिचलित हुदैन । ५) हाम्रा प्रत्येक काम, विचारले अरु व्यक्तिहरुमा प्रभाव पार्छन् ।

६) पृथ्वी सत्यको शक्तिद्वारा समर्थित छ । यो सत्यको शक्ति हो, जसले घामको चमक र हावालाई बेग दिन्छ । खासमा सबैकुरा सत्यमा आधारित हुन्छ ।

७) आफ्ना गोप्य कुराहरु कसैलाई नभन । त्यसले तिमीलाई नष्ट गरिदिन सक्छ ।

८) धैर्यता अनि लगनशीलता नै सफलताको लागि चाबी हो । ९) किताबबाट मात्र सबै कुरा सिकिदैन । पूरा विश्वबाट तिमीले ज्ञान हासिल गर्न सक्छौ।

१०) दुइ प्रकारको मान्छेलर तिमीलाई भन्नेछन् कि तिमी केहि गर्न सक्दैनौ, एउटा जसले प्रयासनै गर्दैन र अर्को जो तिमीले केहि गर्छौ कि भनेर डराउछ ।

११) दिनको एकपटक तिमीलाई डर लाग्ने काम गर । १२) तिम्रो मन्जुरी बिना कसैले पनि तिमीलाई कम्जोर सावित गर्न सक्दैन । त्यसैले आत्मबल बढाउ ।

आफ्ना विचार प्रभावकारी ढंगले कसरि राख्ने : छलफलमा हामीहरु धेरैजसो सरिक हुन्छौं । तर, आफ्ना विचारहरु भने राख्न सकिरहेका हुँदैनौ । र, कतिपय अवस्थामा तर्कहरु राखे पनि हाम्रा ती तर्क तथा विचारहरुले उचित स्थान पाउंदैनन् । यहाँ हाम्रा विचार वा तर्कहरुलाई कसरि प्रभावकारी रुपमा राख्न सकिन्छ भन्ने बारे उल्लेख गरिएको छ ।

– आफू छलफलमा सरिक हुन लागेको विषयको ज्ञान हुनुपर्छ । – खुला र उदार सोंच बनाउनु आवश्यक छ ।

– विचार राखिरहेकाहरुको कुरा राम्रोसंग बुझ्ने प्रयास गर्नुपर्छ । – अरुले विचार राखीराख्दा सकभर बिचमा काट्ने गर्नुहुँदैन ।

– आफ्ना तर्कलाई ठूलो बनाउने होडमा अपत्यारिलो उदाहरण पेश गर्नुहुँदैन । – अरुले राखेको विचार सबै गलत हो भन्ने मान्यता राख्नुहुन्न र त्यो व्यवहार गर्नुहुन्न ।

– तर्क गर्दा आवेगमा आउने वा रिसाउने गर्नु हुन्न, शालीन र भद्र तरिकाले राख्नुपर्छ । – आफ्नो विचार मान्नको लागि कसैलाई दबाब दिनुहुन्न ।

– तर्क राख्दा अप्ठ्यारो शब्दहरु भन्दा सजिलो शब्दहरु प्रयोग गर्नुपर्छ । – आफ्नो विपक्ष चुप लाग्छ भने उसलाई तर्क राख्न दबाब दिनुहुँदैन।

– छलफलमा तर्कहरु राख्दा जित हार नभई विचारको आदान प्रदान हो भन्ने मान्यता राख्नुपर्छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै