विष्णु भगवानको दर्शन गरी जान्नुहोस् जेठ २० गते बिहीबारको राषिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सामाजिक रूपले प्रसिद्दि वृद्धि होला। व्यापारमा लाभ होला। विवाहोत्सुकको विवाहको आयोजन सफलतापूर्वक हुनेछ। मध्यान्नपछि स्वास्थ्य बिग्रन सक्ला। लगानी गर्नुभन्दा पहिला सोच्नुहोला। परिवारसँग विरोध हुनेछ। त्यसैले मौन रहनुहोला। अन्य व्यक्तिको जन्जालमा नफस्नुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको दिन शुभफलदायी रहनेछ। व्यवसायमा स्थिति अनुकूल रहनेछ तथा कार्यको उचित प्रशंसा हुनेछ। सामाजिक रूपले मान-प्रतिष्ठा वृद्धि हुनेछ। कार्य सरलतापूर्वक सम्पन्न हुनेछ र लाभ मिल्नेछ। दाम्पत्यजीवनमा आनन्द छाईरहनेछ। नयाँ कार्य आयोजन गर्नको लागि शुभ समय रहेको छ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

प्रतिस्पर्धी र उच्च अधिकारीसँग वाद-विवाद नगर्नुहोला। मनोरन्जनसँग सम्बन्धित वस्तु खरिद गर्नुहुनेछ। व्यवसायिक क्षेत्रमा वातावरण अनुकुल रहनेछ। मानसिक रुपले स्वस्थ रहनु हुनेछ। मध्यान्नपछि शारीरिक र मानसिक स्थितिमा अनुकुल परिवर्तन हुनेछ। तपाईको कार्यबाट उच्च अधिकारी सन्तुष्ट रहनेछन्। पारिवारिक जीवन सुखमय रहला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

अनैतिक कार्य र निषेधात्मक विचारबाट टाढा रहनुहोला। बोलीमा विशेष ध्यान राख्नुहोला। परिवारमा झगडा हुनाले शारीरिक र मानसिक अस्वस्थताले सताउनेछ। मध्यान्नपछि विदेशबाट समाचार प्राप्त हुनेछ। सन्तानको विषयमा चिन्ता रहनेछ। उच्च अधिकारीले तपाईलाई गरेको व्यवहारले मन दु:ख्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन मनोरन्जन गरेर नै बित्नेछ। जसकारण मित्र र आफन्तसँग आनन्द लुट्नुहुनेछ। साथै भ्रमण हुन सक्ला। मध्यान्नपछि विचारको कारण मानसिक रूपले थकित रहनुहुनेछ। पैसाको समस्या होला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको दिन शुभ रहेको छ। कार्य-सफलता मिल्नाले आनन्दित रहनुहुनेछ। तपाईको प्रसिद्दि वृद्दि हुनेछ। पारिवरिक वातावरण अनुकूल रहनेछ। जसकारण शारीरिक र मानसिक रुपले प्रफुल्लित र स्वस्थ अनुभव गर्नुहुनेछ। भावनाको प्रवाहमा अधिक नबहनुहोला। मध्यान्नपछि तपाईको दिन मनोरन्जनमा बित्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

लेखन कार्य र सिर्जनात्मक प्रवृत्तिको लागि शुभ दिन रहेको छ। बौद्धिक चर्चामा लाभ लिने सोच्नुहुनेछ। तपाई केहि अधिक भावनाशील रहनुहुनेछ। व्यावसायिक स्थलमा वातावरण अनुकूल रहनेछ र सहकर्मीको सहयोग मिल्नेछ। परिवारमा आनन्दमय वातावरण रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

जिद्दीपन छोड्ने कोसिस गर्नुहुनेछ। भावुकतामा ध्यान नराख्नाले मानसिक निराशा अनुभव गर्नुहुनेछ। वित्तीय मामिला आयोजन होला। वस्त्राभूषण एवम सौन्दर्य साधनामा खर्च हुनेछ। मध्यान्नपछि विचारमा शीघ्र परिवर्तन आउनेछ। नयाँ कामको सुरुवात नगर्नुहोला। बौद्धिक एवम् तार्किक कार्य गर्नुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईको दिनको समय प्रफुल्लित रहनाले मानसिक रूपले हल्का अनुभव हुनेछ। परिवारसँग पारिवारिक प्रश्नको चर्चाको आयोजन हुनेछ। मित्रसँग घनिष्ठता बढ्नेछ र प्रतिस्पर्धी समक्ष विजय प्राप्त हुनेछ। भाग्यवृद्धिको योग रहेको छ। मध्यान्नपछि केहि अधिक संवेदनशील अनुभव गर्नुहुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
धार्मिक विचारको साथसाथै धार्मिक कार्यमा खर्च हुनेछ। अधिक वाद-विवाद हुँदा पारिवारिक वातावरण कलुषित रहन सक्ला। परिवारसँग मनदुःख र असन्तोष रहन सक्छ। मध्यान्नपछि मन चिन्तामुक्त रहनेछ। मित्र-आफन्तसँग भएको भेटले आनन्दित अनुभव गर्नुहुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
तपाईको मन प्रफुल्लित रहनेछ। गहन चिन्तनशक्ति र आध्यात्मिकतामा मन डुबी रहनेछ। नकारात्मक विचारलाई मनबाट निकल्नुहोला। अनापेक्षिक धन-व्ययबाट सम्हालेर रहनुहोला। विद्यार्थीको विद्याप्राप्तिमा समस्या आउन सक्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
कसैसँग धन सम्बन्धित व्यवहार नगर्नुहोला। मन एकाग्र रहला। खर्चमा विशेष ध्यान राख्नुहोला। आफन्तसँग मनःदुख्ने प्रसंग आउला। स्वास्थ्यमा सुधार आउन सक्ला। मानसिक रूपले स्वस्थ अनुभव गर्नुहुनेछ। आध्यात्मिक प्रवृत्तिमा पैसा लाग्नेछ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै