आज नेपालमा ६४९१ जना डिस्चार्ज, ४,७६२ संक्रमित थपिए

काठमाडौं । नेपालमा आज ४७६२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११४ जनाको ज्यान गएको ।

१७ हजार ४८० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा त्यति संक्रमित भेटिएका हुन् ।६४९१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।सक्रिय संक्रमित संख्या १ लाख ६ हजार ४७० पुगेको छ । कूल संक्रमित संख्या ५ लाख ६१ हजार पुगेको छ । कूल ज्यान गु’माउनेको संख्या ७३८६ पुगेको छ ।

उता गण्डकी प्रदेशमा को’रोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृ’त्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृ’त्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १७ जना को’रोना संक्रमितको उपचारका क्रममा मृ’त्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए ।

उनका अनुसार कास्कीमा ४,लमजुङ १, तनहुँ ४, नवलपरासी पूर्व ३ म्याग्दी १, स्याङजा २ र बागलुङमा २ जनाको को’रोना संक्रमणका कारण मृ’त्यु भएको छ । पोखरा–१ की ६७ वर्षीय महिला, पोखरा–११ का ३५ वर्षीय पुरुष, पोखरा–११ का ६० वर्षीय पुरुष, पोखरा–२९ का ८४ वर्षीय पुरुष,

लमजुङ सुन्दरबजार–९ की ७० वर्षीय महिला, म्याग्दीको मंगला –१ का ३९ वर्षीय पुरुष, बागलुङको बागलुङ नगरपालिका– की २५ वर्षीय महिला, बागलुङ–२ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृ’त्यु भएको छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै