विद्यालयहरुलाई जेठ महिनाको शुल्क नलिन निर्देशन

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) पर्सा र वीरगञ्ज महानगर कमिटिको बैठकले जेठ महिनाको विद्यालय शुल्क मि’नाह गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको प्याब्सन पर्सा र वीरगञ्ज महानगर कमिटिको संयुक्त बैठकले पर्सामा जारी नि’षेधाज्ञाका कारण विद्यालय सञ्चालन नहुँदा जेठ महिनाको शुल्क मिनाह गर्ने निर्णय गरेको हो ।को’रोनाभा’इरस म’हामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा बैशाख १६ गतेदेखि स्थानीय प्रशासनले नि’षेधाज्ञा लागु गरेको छ ।

निषेधाज्ञा लाग्नु पूर्वसम्म विद्यालयहरुमा नियमित पठन-पाठन भएको थियो । बैठकले पूर्णरुपमा ब’न्द तथा कुनै पनि माध्यमबाट कक्षा सञ्चालन नगरी पठनपाठन नगराएका विद्यालयहरुलाई जेठ महिना भरी शुल्क नलिन निर्देशन समेत गरिसकेको प्याब्सनले जनाएको छ ।

तर दोस्रो लहरको को’रोना सङ्क्रमण नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले विद्यालय लगायात सम्पूर्ण क्षेत्र ब’न्द गर्‍यो ।अहिले म’हामारी नियन्त्रण भएसँगै को’रोना सङ्क्रमणको दरसमेत घ’ट्न थालेपछि वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले असार महिनादेखि विद्यालय खोल्न निर्देशन दिएको छ
महाशाखाले असारको पहिलो र दोस्रो साता विद्यालय व्यवस्थापन र विद्यार्थी भर्ना र तेस्रो सातादेखि ८ देखि १२ सम्मको कक्षा भौ’तिक रुपमै स्वास्थ्य सुरक्षा मा’पदण्ड अपनाएर सञ्चालन गर्न निर्देशन दिएको छ ।महानगरको निर्देशन अनुसार विद्यालयहरुले कक्षा सञ्चालनको तयारी पनि सुरु गरिसकेको प्या’ब्सन पर्साले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै