नागार्जुनबाट पनि नि’काल्छौँ भन्थे, ज्ञानेन्द्रले आफैँ छा’डे दोस्रो दरबार

गाडी चढ्नुअघि पूर्व बडामहारानी कोमल एकाएक भावुक बनिन्। उनका आँखाबाट आँसु झरे। पति पूर्व राजा ज्ञानेन्द्र शाहले सम्झाए, मुटु ब’लियो पार्न भने। पति ज्ञानेन्द्रले सम्झाएपछि १३ वर्षअघि (२९ जेठ २०६५) को साँझ नारायणहिटी राजदरबारबाट बाहिर निस्कँदा पूर्व बडामहारानी कोमलको अनुहारमा स’न्ताप देखिँदैनथ्यो।

 

आफ्नै पालामा राजतन्त्रको अन्त्य हुँदा बे’दना त कति थिए होलान् कति। तर, कोमलसँगै नारायणहिटीबाट नि’स्कँदा होस् वा त्यसअघि नारायणहिटी राजदरबारमा आयोजित पत्रकार सम्मेलनमा– पूर्व राजा ज्ञानेन्द्रको अनुहारमा पनि चिन्ता वा स’न्तापको कुनै संकेत देखिएको थिएनराजतन्त्र स’माप्त भएपछि ज्ञानेन्द्र के गर्लान्? जी’वित छँदै ग’द्दी त्या’गेका श्री ३ जुद्ध शमशेर वा पद्म शमशेर झैँ भारततिर वा बेलायततिर पो भा’सिएलान् कि? यस्तो अनुमानहरुको खण्डन उनले नारायणहिटी छा’ड्नुअघिको पत्रकार स’म्मेलनमै गरिसकेका थिए।

‘जनताको चाहना र इच्छालाई नै सर्वाेपरि मान्ने राज परम्परा अनुसार संविधान सभाको निर्वाचन र जेठ १५ (२०६५) गते संविधान सभाको बैठकले गरेको निर्णयलाई सहज बनाउन मैले सहायोगीको भूमिका निर्वाह गरेको छु’, त्यो पत्रकार स’म्मेलनमा लिखित भा’षण वाचन गर्दै ज्ञानेन्द्रले भनेका थिए, ‘मैले देश छा’डेर जाने सोचाई बनाएको छैन।’

गणतन्त्र स्थापना भएको १४ दिनपछि २९ जेठ (२०६५) को साँझ पूर्व राजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्डसमेत नेपाल सरकारलाई जिम्मा लगाएर यसैगरी सधैँका लागि नारायणहिटी छाडेका थिए। त्यसअघि नै सरकारले उनको बसोबासका लागि नागार्जुन दरबार उपलब्ध गराउने निर्णय गरिसकेको थियो।

त्यो दिन नारायणहिटीबाट सिधै उनी नागार्जुन पुगे। र, गणतन्त्रपछिका ७ वर्ष अधिकांश समय पूर्व राजा शाह नागार्जुन दरबारमै रहे। छोरा पारस सिङ्गापुर–थाइल्याण्ड बसेको बेला पूर्व राजदम्पत्ति कहिलेकाहीँ निर्मल निवास झर्थे। पारस यतै रहेका बेला प्रायः नागार्जुनमै रहन्थे।

काठमाडौँको कोलाहटबाट टाढा, झ्याउँकिरी र नानाथरिका चराहरुको चिरविर, मृग, चितुवा, बँदेल जस्ता जंगली जन्तुहरुको ख’त्र्याकखुत्रुक्– राजा वीरेन्द्रलाई जस्तै ज्ञानेन्द्र–कोमल दम्पत्तिलाई पनि नागार्जुन दरबार औ’धी मन परेको थियो। त्यसैले, आफू राजा हुँदा पनि ज्ञानेन्द्र दाजुजस्तै नागार्जुनमै रहन रुचाउँथे।

अहिले पनि पूर्व राजा ज्ञानेन्द्रप्रति आ’क्रोश पोख्नुपर्दा नेताहरूले भन्न छाडेका छैनन्– नागार्जुन दरबारबाट पनि नि’काल्छौं। तर, सात वर्ष भयो, पूर्व राजदम्पत्तिले नागार्जुनमा पाइला टेकेका छैनन्। त्यहाँ रहेका सबै सामान निर्मल निवास सारिएका छन्। १२ वैशाख ०७२ को भूकम्पले क्षति पुर्याएपछि पूर्व राजदम्पत्तिले नागार्जुन छा’डेका हुन्।

‘भूकम्पले नागार्जुन दरबारलाई नराम्ररी भ’त्काएको छ, बस्न सकिने खालको छैन’, पूर्व राजाका संवाद सचिव डा. फणिराज पाठक भन्छन्, ‘यस्तोमा त्यहाँ बस्न जाने सवाल नै भएन।’ नागार्जुन दरबारको ह’विगत जस्तो भेटिन्छ, त्यो हेर्दा लाग्छ, पूर्व राजदम्पत्ति पहिलेजस्तो त्यहीँ बसोबास गर्ने गरी अब कहिल्यै नागार्जुन फर्कने छैनन्।

उनी फर्कने गरी नागार्जुनको मर्मत सम्भार गर्ने मनस्थितिमा सरकारी अधिकारीहरु देखिँदैनन्। काठमाडौँको बालाजु बाइपासबाट ककनी जाने बाटोतर्फ लागेपछि करिब २ किलोमिटरको दुरीमा आइपुग्छ, नागार्जुन दरबारतर्फ जाने सडकको मूल गेट। को’रोना महामारी सुरु हुनुअघिसम्म नागार्जुन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्ने टिकट का’टेपछि जंगलभित्र प्रवेश गर्ने अनुमति मिल्थ्यो।

सडक छेवैको मूलगेटबाट प्रवेश गरेपछि एक किलोमिटरसम्मको दुरीभित्रसम्म सहजै जाने अनुमति थियो। मूल गेट प्रवेश गरेपछि पिच बाटोबाट अघि बढ्दै करिब तीन किलोमिटर माथि समथर डाँडामा पुगेपछि दायाँतर्फ नागार्जुन–शिवपुरी राष्ट्रिय निकुञ्ज सु’रक्षार्थ रहेको सेनाको ब्या’रेक भेटिन्छ।

बायाँतर्फ नागार्जुन दरबार प्रवेश गर्ने मूल गेट छ। नागार्जुन दरबार प्रवेश गर्ने गेट अगाडि एक मिटर अग्लो, आधा मिटर चौडाईको एक शिलालेख भेटिन्छ। राजा सुरेन्द्रकालिन शिलालेखमा यो जंगलभित्र प’सेर कसैले शि’कार गर्यो भने के कति स’जायँ पाउँछन्, त्यो कुरा उल्लेख छ।

शिलालेख आडैको गेटबाट प्रवेश गरेपछि नागार्जुन दरबार परिसर सुरु हुन्छ। दरबारको भवन रहेको स्थानसम्मको बाटोमा टायल बि’छ्याइएको छ। दायाँबायाँ अग्ला–अग्ला रानी सल्लाका रुखहरु उ’भिएका छन्। यी रुखहरुले यहाँको वातावरणलाई सुरम्य बनाएका छन्।

वरिपरि बँदेलको ‘घुँ’कघुँक’ आवाज निरन्तर सुनिन्छ। तर, बँदेलका क’र्कस आवाजलाई कोइलीको सुमधुर लयको ‘कुहु कुहु’ आवाजले ‘डिम’ पारिदिन्छन्। ‘राष्ट्रिय निकुञ्ज भएकाले सुरक्षित छौँ’ भन्ने सोचेर होला, सेना र स’शस्त्र प्रहरीका ब’न्दु’कको समेत तिनीहरु प’र्वाह गर्दैनन्।

वैंशालु युवा– युवतीले उ’न्मुक्तभावमा एक अर्कालाई जि’स्क्याएझैँ यहाँका कालिजहरु सि’पाहीका टाउका छुँला–छुँला जसोगरी बतासिँदै उ’डिरहेका देखिन्छन्। टायल बि’छ्याइएको सुरम्य सडक हुँदै एक सय मिटर अघि बढेपछि आइपुग्छ, एउटा फराकिलो आँगन। आँगनको बीच–बीचमा आधा दर्जनजति रानी सल्लाका अग्ला–अग्ला रुख छन्।

यहाँको सुन्दरतामा खलल नपुगोस् भनेर चाइनिज इँटाको गोलाकार पर्खाल लगाएर सल्लाका रुखका फेदलाई घेरिएको छ। यो आँगनको दायाँ–बायाँ कटेज स्टाइलका दुई बिल्डिङ छन्। बायाँतर्फको बिल्डिङको नाम ‘शरदबास’ हो। दायाँतर्फको बिल्डिङको नामाकरण गरिएको छैन।

नामाकरण नभएको यो बिल्डिङ राजपरिवारका सदस्यहरुको सुर’क्षामा ख’टिने ए’डिसीहरुको कार्यालय हो। यहाँबाट नागार्जुन दरबारको मूल क्षेत्र सुरु भइसकेको छ। यद्यपी यहाँ देखिने बिल्डिङका बा’न्की हेर्दा लाग्दैन कि, यी भवनहरु नै दरबार हुन् यिनको बनोट हेर्दा जंगलभित्र रहेको कुनै रिसोर्ट जस्तो लाग्छ।

आँगनको नजिकै दायाँतर्फ सानो पोखरी छ। पोखरीमाथि नागवेली आकारको पुल। बायाँतर्फ सानो ढिस्को छ। त्यहाँ मन्दिर छ। मन्दिरमा हनुमानको तस्वीर भएको झण्डा फर्फराइरहेको छ। निर्मल निवासबाट ख’टाइएका पु’जारी हप्तामा एकपटक त्यहाँ पुगेर पुजा गरिदिन्छन्।

मन्दिर वरिपरि फूलका विरुवा छन्। तर तिनले स्याहार पाएका छैनन्। बायाँतर्फको ‘शरदबास’ र दायाँतर्फको अर्काे बिल्डिङको बीचबाट अघि बढेपछि दक्षिण–पश्चिमीतर्फ ओरालो झर्ने बाटो आउँछ। बाटोमा ढुङ्गा छापिएका छन्। करिब २५ मिटर ओरालो ओर्लेपछि त्यो सानो बाटो दुईतिर फाट्छ।

त्यसमध्ये एउटा हाँगो पूर्व राजाको कार्यालय रहेको ‘शिशिरबास’ नामको बिल्डिङतर्फ लाग्छ, दोस्रो बाटो दरबारको मूल बिल्डिङको रुपमा रहेको ‘हेमन्तबास’ तर्फ। दोस्रो बाटोबाट ‘हेमन्तबास’ पुग्न सानो ‘कटेज स्टाइल’ को द्वार (गेट) पार गर्नुपर्छ यद्यपी, ‘हेमन्तबास’ र ‘शिशिरबास’ को आँगन एउटै भएकाले ‘शिशिरबास’ तर्फबाट पनि ‘हेमन्तबास’ पुग्न सकिन्छ।

यहाँबाट काठमाडौँको पश्चिम–दक्षिणी भागमा रहेको हल्चोकदेखि फूल्चोकीसम्मको रमणीय दृष्य देखिन्छ। राजा सुरेन्द्रकालिन शिलालेख नागार्जुन दरबारको परिसरभित्र छिर्ने बाटोमा देखिएपनि उनले त्यहाँ दरबार बनाए वा बनाएनन्, त्यो प्रष्ट छैन। राणा प्रधानमन्त्रीहरु अवश्यपनि शिकारका लागि त्यहाँ पुग्थे होलान्।

तर, उनीहरुको नागार्जुन यात्राबारेका बृत्तान्त इतिहासमा पढ्न पाइँदैन। जुद्ध शमशेरले भने यहाँ दरबार बनाए। उनका लागि नागार्जुन जंगल निकै प्रिय थियो। जुद्ध शमशेरको शा’सनकालको अध्ययन गर्दा कतिपय आदेश र निर्णयहरु उनले नागार्जुन दरबारबाटै गरेको देखिन्छ।

राजा महेन्द्रको पहिलो विवाह जुद्ध शमशेरकै नातिनी हरि शमशेरकी छोरी इन्द्र राज्यलक्ष्मीसँग भएको थियो। २००६ मा प्रसुती व्यथाले उनको नि’धन भएपछि स्व इन्द्रकै बहिनी रञ्जना राणा (रत्न राज्यलक्ष्मी) सँग तत्कालिन युवराज महेन्द्रको दोस्रो विवाह भयो। पिता त्रिभुवनको असहमतिका बीच सीमित सहयोगीका साथ नागार्जुन पुगेर युवराज महेन्द्रले २००९ मंसिरमा रत्नसँग विहे गरेका थिए।

महेन्द्र–रत्नबीच नागार्जुनमै विहे भएको भएपनि न राजा महेन्द्रले यो ठाउँलाई धेरै मन पराएको देखियो, न त बडामहारानी रत्नले नै। बरु, रत्नलाई पोखरा र चितवन मन पर्थ्यो। त्यसैले, महेन्द्रले पोखराको फेवा किनारमा रत्न मन्दिर र देवघाट नजिकै दियालो बंगला दरबार बनाइदिए।

यहाँ नयाँ दरबार बनाउने आवश्यकता उनीहरुले देखेनन्। राजा वीरेन्द्रका लागि भने नागार्जुन औधी मन परेको ठाउँ थियो। त्यसैले, बिसं २०३० दशकको अन्त्यतिर जुद्ध शमशेरकालिन दरबार भत्काएर आधा दर्जन बिल्डिङसहितको ‘नागार्जुन दरबार’ निर्माण गराए।

खासमा राजा वीरेन्द्रको पालामा निर्माण भएको दरबार यही नागार्जुन दरबारमात्रै हो। नारायणहिटी निर्माण गरेपछि राजा महेन्द्रले दरबारका कोठा र हलहरुको नामाकरण अञ्चल र जिल्लाहरुको नाममा गरेका थिए। नारायणहिटी दरबार संग्रहालयका कोठाहरु अहिलेपनि पुराना अञ्चल र जिल्लाहरुको नाममा छँदैछन्।

राजा वीरेन्द्रले चाहिँ नागार्जुन दरबारभित्रका पाँच भवनहलाई पाँच वटा ऋतु (हेमन्त, गृष्म, वर्षा, शरद, शिशिर) को नाम दिए। यसमध्ये आफ्नो बसोबासका लागि निर्माण भएको मूल भवनलाई ‘हेमन्तबास’ नामाकरण गरे। दुई तले यो भवन नागार्जुन जंगलभित्रको सबैभन्दा ठूलो भवन हो।

आफ्नो कार्यालयका लागि ‘हेमन्तबास’ को अघिल्तिर एउटा सानो अर्ध–गोलाकार आकारको एक तले भवन निर्माण गरे। यसको नाम ‘शिशिर’ राखे। जंगलको बीचमा भवन निर्माण गर्दा केही रुखहरु का’टिन्छन् नै। तर, सकभर रुखलाई का’टिनबाट जोगाउनु पर्छ भन्ने विचार वीरेन्द्रको हुँदो रहेछ।

यो कुरा त्यहाँ रहेका बिल्डिङहरुको बनोटबाट झ’ल्किन्छ। जस्तोः ‘शिशिर’ बिल्डिङको छेउतिरको भाग अर्ध गोलाकार देखिन्छ। छेउतिरको जमिन साँघुरो भएकाले जमिन अनुसार भवनको आकार मिलाउन यस्तो गरिएको देखिन्छ। भवनको बीचमा दुई ठाउँमा तीन वटा बडेमाका सल्लाका रुख छन्, तिनलाई काटिएको छैन।

भवनभित्रै तिनलाई ‘ए’डजष्ट’ गरेर सुरक्षित राखिएको छ। सल्लाका ती रुखहरु ‘शिशिर’ भवनका छाना छि’चोल्दै आकाशतिर लम्केका छन्। मूल दरबार अर्थात् ‘हेमन्तबास’ तर्फ झर्ने ठाउँमै रहेको ‘शरदबास’ को निर्माण गरिँदा पनि यसैगरी एउटा ठूलो सल्लाको रुख जोगाइएको छ।

दरबार ह’त्या’काण्डमा परी राजा वीरेन्द्रको मृ’त्यु भएको पनि २० वर्ष भइसक्यो। तर, यहाँ रहेका सल्लाका रुखहरुलाई वीरेन्द्रले कति प्रेम गर्दा रहेछन्, ‘शरद’ र ‘शिशिर’ बिल्डिङको बीचमा रहेका सल्लाका रुखहरुले उनको रुख–प्रेम देखाउँछन् ।

‘राजा वीरेन्द्र प्रकृतिलाई जोगाउनुपर्छ भन्ने मान्यताको पक्षपाति होइबक्सन्थ्यो’, राजा वीरेन्द्रका पूर्व एडिसी एवं नेपाली सेनाका अवकासप्राप्त उ’परथी टीका धमला भन्छन्, ‘रुखप्रतिको उहाँको प्रेम र स्नेह नागार्जुन दरबारमा देख्न पाइन्छ।’

बिल्डिङमा काठको प्रयोग सकभर गरिएको छैन। झ्यालढोकाहरु सबैजसो आल्मुनियमको फ्रेमबाट बनेका छन्। ‘हेमन्तबास’ को पछिल्तिर दुई वटा लामा, तर एक तले बिल्डिङ छन्। तीमध्ये बायाँतर्फको बिल्डिङको नाम ‘वर्षा’ हो भने दायाँतर्फको ‘गृष्म’।

यी दुईमध्ये एउटा अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजनका लागि निर्माण गरिएको थियो, अर्काे युवराज दीपेन्द्रका लागि। तर, उमेर पुगे (२० वर्ष) पछि युवराज बाबु–आमा ((राजा–रानी) सँगै बस्ने चलन नभएकाले दीपेन्द्र नागार्जुनमा बस्ने गरी हम्मेसी जाँदैनथे। गएका बेला चाहिँ ‘हेमन्तबास’ मा बस्थे।

‘वर्षा’ र ‘गृष्म’ भवन छोराछोरीका लागि निर्माण गरिएकाले होला, मनोेरञ्जनका लागि राजा वीरेन्द्रले यी दुई बिल्डिङको बीचमा फलामे पिङ र चाकाचुली खेल्ने ठाउँपनि बनाइदिएका थिए। बच्चाहरु रमाउन् भनेर ‘वर्षा’ भवनको पछिल्तिर फलामे तारबारले बेरेर मयुर पाल्ने ठाउँ पनि निर्माण गरिएको थियो।

खासमा नागार्जुन गृष्मकालिन दरबार हो। तर, अलिकति फुर्सद भयो वा तनाव भयो भने राजा वीरेन्द्र नागार्जुन पुगिहाल्थे। नागार्जुनको मनोरम प्रकृतिले उनको त’नाव हल्का पार्थ्यो। ‘राजा वीरेन्द्रलाई विशेष गरी झ्याउँकिरीको संगीतमय आवाज असाध्यै मन पर्थ्यो’, नारायणहिटी दरबार संग्रहालयका पूर्व प्रमुख रोहितकुमार ढुङ्गाना भन्छन्, ‘झ्याउँकिरीको आवाज धेरै सुन्न पाइने भएकाले असार, साउन र भदौमा उहाँको बसोबास प्रायः नागार्जुनमै हुन्थ्यो।’

ढुङ्गानाले भनेजस्तै, नागार्जुनका झ्याउँकिरीका आवाज अन्यत्रका भन्दा चर्काे हुने गर्थ्यो। यसको महसुस लेखक नारायण वाग्लेले पनि गरेका छन्। सात वर्षअघि उनी साथीहरुका साथ नागार्जुन जंगल घुम्न गए। त्यसपछि सेतोपाटी अनलाइनमा लेखिएको ‘कफी गफ’मा वाग्लेले भनेका छन्, ‘झ्याउँकिरीको एकोहोरो आवाजभित्र घना जंगलका सबै प्रकार र आकारका चरा, कीरा, जनावरको गतिविधि निस्तेज थियो।

मानौँ, जंगलमा फेददेखि टुप्पासम्म झयाउँकिरीबाहेक केही छैन। (त्यहाँ) त्यो विशेष कीराको एकल सत्ता स्थापित भएको छ।’ राज्य व्यवस्था र पारिवारिक समस्याका कारण नागार्जुनमै रहँदापनि अनेक खालका तनाव राजा वीरेन्द्रलाई आइनलाग्ने होइनन् ।एक पटक यस्तै असैह्य तनावका कारण कसैलाई थाहै नदिई उनी बेपत्ता भए।

नागार्जुनबाट आफैँ गाडी ड्राइभ गरी रातारात त्रिशुली पुगेका थिए वीरेन्द्र। राजा बे’पत्ता भएपछि नागार्जुन र नारायणहिटी दुबैतिर हल्लीखल्ली म’च्चियो। त्यसपछि सेनाले देशभरिका ब्यारेकमा ‘स्ट्याण्ड टु’ समेत लगाएको राजाका साथमा रहेका तत्कालिन एडिसी टीका धमलाले एउटा संस्मरणमा उल्लेख गरेका छन्।

स्वास्थ्य लाभका लागि पनि उनी नागार्जुन नै पुग्थे। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला जापान भ्रमणमा गएका बेला ९ कात्तिक २०५५ मा राजा वीरेन्द्रलाई ‘हर्टअट्याक’ भयो। यो उनको जीवनको सबैभन्दा ठूलो स्वास्थ्य समस्या थियो। उपचारका लागि देश–विदेशबाट नामी डाक्टरहरु नेपाल झिकाइए।

तीन हप्तापछि १ मंसिरमा उपचारका लागि बेलायत प्रस्थान गरे। र, चार हप्ता बेलायतमा बिताएर २ मंसिर (२०५५) मा काठमाडौँ फर्के। ‘हर्ट अट्याक’ हुँदा वीरेन्द्र नागार्जुन दरबारमै थिए। त्यसपछि बेलायत प्रस्थान गर्ने दिन उनी नारायणहिटी प्रवेश त गरे। तर, राजप्रतिनिधि परिषद्का अध्यक्ष युवराज दीपेन्द्रलाई शपथ ग्रहण गराउनका लागि मात्र।

‘बेलायत प्रस्थान गर्नुअघि र बेलायतबाट फर्केपछि पनि उहाँ नागार्जुनमै रहनु भयो’, ढुङ्गाना भन्छन्, ‘मात्र फरक के थियो भने, पहिले उहाँ ‘हेमन्तबास’ रहनुहुन्थ्यो, तर त्यहाँ पुग्न ओरालो झर्नुपर्ने भएकाले केही समय ‘शरदबास’ (पाहुनाका लागि बनाइएको बिल्डिङ) मा रहन थाल्नुभयो।’

श्री ३ जुद्धकालिन भवन भ’त्काएर आफ्नै डिजाइनका नयाँ भवन निर्माण गर्नुअघि पनि वीरेन्द्रको मुकाम नागार्जुनमा रहन्थ्यो। जनमत संग्रहपछि घाँटीको क्यान्सरले च्याप्दै लगेका पूर्व प्रधानमन्त्री बीपी कोइरालालाई नागार्जुनमै निम्त्याएर राजा वीरेन्द्रले उपचारका लागि अमेरिका जान सल्लाह दिएका थिए।

झ्याउँकिरीको संगीतमय आवाज सुन्न पाइने वर्षातमा मात्र होइन, जाडोमा समेत वीरेन्द्र अक्सर नागार्जुनमै रहन्थे। दरबार ह’त्या’काण्ड हुनु चार महिनाअघि लामो समय नागार्जुनमै बिताएर उनी नारायणहिटी झरेका थिए, ०५७ को फागुन अन्तिम साता ।२०५८ मा वर्षातको सुरुवातसँगै उनी फेरि नागार्जुन उक्लन्थे होलान्।

तर, १९ जेठ ०५८ मा दरबार ह’त्याकाण्डमा परी उनी मारिए। त्यसपछि सायद नागार्जुनका झ्याउँकिरीहरुले पनि आफ्ना संगीतमय आवाज ग’म्भीरतापूर्वक सुनिदिने राजा पाएनन्। दाजु–भाउजु, भतिज–भतिजी र अन्य नातेदारहरु मा’रिएको ठाउँ भएकाले होला, राजा बनेपछि ज्ञानेन्द्रले पनि नारायणहिटी सर्न सुरुमा रुचि देखाएनन्।

औपचारिक कार्यक्रमबाहेक उनी खासै नारायणहिटी आएनन्, करिब एक वर्ष निर्मल निवासबाटै राजकाज चलाए। राजा वीरेन्द्रजस्तै नागार्जुन भने सुरुदेखि नै गइरहे। अधिकांश महत्वपूर्ण भेटघाट नागार्जुनमै गर्थे ज्ञानेन्द्र। माओवादीवि’रुद्ध सेना परिचालन भएपछि भने सु’रक्षाका कारण उनी नारायणहिटी सरे।

नागार्जुन दरबारको मनोरम वातावरणले उनलाई कविता र गीत सिर्जना गर्न सहयोग पुर्याउँथ्यो। त्यतिबेला उनले रचना गरेका गीत–कविता त्यहाँका भित्तामा सीसाका फ्रेमभित्र अझै सुरक्षित छन्। ती गीत–कविताले उनको आफ्नै जीवनबारे गहिरो अर्थ दिन्छन्।

बिसं १९९० को भूकम्पले नारायणहिटी राजदरबारमा ठूलो क्ष’ति पुर्यायो, भूकम्पमा राजा त्रिभुवनका दुई छोरीले ज्यान गु’माए। २०७२ बैशाखको भूकम्पले नारायणहिटी परिसरका राणाकालिन दरबारहरु भत्के। तर मूल भवनलाई भू’कम्पले खासै क्षति पु¥याएन। पूर्व राष्ट्राध्यक्षका हैसियतमा नेपाल सरकारले अस्थायी बसोबासका लागि ज्ञानेन्द्रलााई उपलब्ध गराएको नागार्जुन दरबारमा भने निकै क्ष’ति पुर्यायो।

नागार्जुन दरबार मुन्तिर १२ वैशाखको भूकम्पअघिसम्म जुद्ध शमशेरकालिन एउटा भवन थियो। भूकम्पले त्यो पुरानो भवनलाई ग’ल्र्याम्गु’र्लुम पार्यो। पुरानो भवन थियो, प्रयोजन नभएकाले त्यो रहनु–नरहनुको अर्थ थिएन। तर, उनी बसोबास गर्दै आएको ‘हेमन्तबास’ र ‘शिशिरबास’ लाई भूकम्पले नराम्रोसँग क्षति पुर्यायो।

‘हेमन्तबास’ प्रवेश गर्ने दरबार र दरबारको सुरक्षाका लागि निर्माण गरिएका ‘कम्पाउण्ड वाल’ पनि ठाउँ–ठाउँमा भ’त्किए। भूकम्पले ‘हेमन्तबास’ लाई कति क्षति पुर्याएको छ, त्यो बाहिरबाटै हेर्दा प्रष्टसँग देखिन्छ। बिल्डिङको अगाडिको भित्ता नराम्ररी चर्किएका छन्। झ्याल–ढोकाका अधिकांश सिसा फु’टेका छन्।

फु’टेका सिसाबाट चि’याएर हेर्दा भित्री भाग अझ ना’जुक देखिन्छ। बताइए अनुसार, पूर्व राजारानीको बेडरुम र अन्य कोठाहरुमा पनि क्षति पुगेका छ। पानी र विजुलीको सिष्टम बि’ग्रिएको छ। बिल्डिङको उत्तर–दक्षिण (भीर) तर्फको ‘वाल’ ढल्नै लागेको छ। यस्तै स्थिति ‘शिशिरबास’ को पनि छ।

त्यहाँको बरण्डा र मूल भवन जोड्ने बिम च’र्केर ध’राप बनेको छ। जुनसुकै बेला बिम ख’सेर क्षति पुर्याउन सक्छ। नागार्जुनमा रहँदा सानोतिनो मर्मत सम्भार पूर्व राजाले आफ्नै खर्चमा गर्दै आएका थिए। तर, भूकम्पले दरबारका भवनहरुमा ठूलो क्षति पुग्यो। आफ्नै सम्पत्ति भएको भए आफ्नै खर्चबर्चमा पूर्व राजाले मर्मतसम्भार गर्थे होलान्। तर, नागार्जुन दरबार उनको नाममा छैन।

नारायणहिटी छाड्ने भएपछि मन्त्रिपरिषद्ले नागार्जुन दरबार पूर्व राजा शाहलाई ‘बसोबासका लागि उपलब्ध गराउने’ निर्णयमात्रै गरेको थियो। उनैलाई स्वामित्व हस्तान्तरण गर्ने निर्णय भने गरिएन। कति समयका लागि उपलब्ध गराइएको हो, त्यससम्बन्धी निर्णय पनि भएन।

बरु देशमा देखा परेका विसंगतिविरुद्ध पूर्व राजाले थोरैमात्र अ’सन्तुष्टि व्यक्त गरे भनेपनि उनलाई दिइएको यो ‘सुविधा खो’सिदिने’ सार्वजनिक धम्की शीर्ष नेताहरुले दिन्थे। उनीहरुको धम्कीको संकेत ‘आफूहरुको वि’रोध गरे उनलाई (पूर्व राजा) नागार्जुन दरबारबाट हटाइन्छ’ भन्ने थियो।

नेताहरुको सनकमा कतिबेला ह’ट्नु पर्ने हो, यस्तोमा उनले दरबारबारे आफैँ निर्णय गर्ने कुरापनि भएन। गणतन्त्र स्थापनापछिका यस्तै सुख–दुख, आ’रोह–अवरोहका बीच १२ वैशाख (०७२) मा भूकम्प आयो, त्यसले ना’गार्जुन दरबारमा पनि विनास ल्यायो। राज्यको सम्पत्ति भएकाले सरकारले नागार्जुन दरबारको पनि पुनर्निर्माण छिट्टै ग’र्ला भन्ने अपेक्षा पूर्व राजाको थियो।

तर, सरकारको प्राथमिकतामा नागार्जुन दरबारको पुनर्निर्माण कहिल्यै परेन। भूकम्पमा भ’त्के–बि’ग्रेका ठूला–ठूला भवन र अन्य संरचना करिब निर्माण हुन लागिसकेका छन्। तर, नागार्जुन दरबारका सम्बन्धमा के गर्ने भन्ने योजना सरकारी निकायहरुसँग रहेको अझै देखिन्न।

जस्तो कि, नेपाल ट्रष्टका कार्यकारी सचिव सुरेश आचार्य भन्छन्, ‘नागार्जुन दरबारको मर्मतका लागि कति रकम लाग्ने रहेछ, त्यसको लागत अनुमान निकाल्ने योजना बनाउँदै छौँ। त्यसपछि के गर्ने भन्ने कुरा सरकारले निर्णय गरे बमोजिम होला।’ भूकम्पको केही दिनपछि पूर्व राजा शाह आफैँ निरीक्षणका लागि नागार्जुन दरबार पुगेका थिए।

भूकम्पले पुर्याएको क्षतिबाट उनी दुखित भए। तर, उनले गर्नसक्ने केही थिएन। ‘सरकारले पूर्व राजपरिवारबाट जबर्जस्ती ह’डपेको सम्पत्ति हो त्यो’, संवादसचिव डा. पाठक भन्छन्, ‘सरकारले आफ्नो सम्पत्ति हो भनेपछि त्यसको संरक्षण सरकारले नै गर्नुपर्ने होला।

यस्तोमा सरकार (पूर्व राजा) बाट आफैँ निर्णय गरेर कुनै कदम चाल्न मिल्छ र?’ भूकम्पअघि सरकार र राजनीतिक दलहरुको प्राथमिकता संविधान निर्माण थियो। भूकम्पपछि केही समयका लागि प्राथमिकता फे’रियो। सबैको प्राथमिकता उद्दार र राहत बन्यो। संविधान जारी भएपछि भारतीय ना’काबन्दीबाट सिर्जित समस्या स’माधान प्राथमिकता बन्यो।

यस्तोमा राज्यको प्राथमिकता नागार्जुन दरबार बन्दैन भन्ने बुझेका पूर्व राजा शाह केही समय चुप लागेर बसे। भूकम्प पीडितहरुका लागि आफूले सकेको सहयोग गरे। राज्यले आफूप्रति गरेको बे’वास्ताप्रति कहीँ कुनै गुनासो गरेनन्। तर, यी समस्याबाट जब सरकारले पार पायो, त्यसपछि पनि नागार्जुनको पुनर्निर्माणतिर राज्यको ध्यान गएन।

राज्यका कुनै निकायले उनीसँग सरसल्लाहको आवश्यकता समेत देखेनन्। सम्भवतः छिट्टै नागार्जुन दरबारको पुनर्निर्माण हुँदैन भन्ने निष्कर्ष निकाले ज्ञानेन्द्रले, त्यसपछि विस्तारै त्यहाँ रहेका निजी सामान सार्न अह्राए। पूर्व युवराज्ञी हिमानी आफैँ ख’टिएर महत्वपूर्ण सामान नागार्जुन दरबारबाट निर्मल निवास सारिन्।

राजा वीरेन्द्रको यो प्रिय दरबारको इतिहास र पुरानो शान–सौगातको जसलाई जानकारी छ, अहिलेको ‘भूत बंगला’ स्वरुप देखे भने उनीहरु दुखित बन्नेछन्। दरबारतर्फ लाग्ने गरी नागार्जुन जंगलभित्र प्रवेश गरेदेखि नै पूर्व राजा शाहले नागार्जुन छा’डेपछिको दुरावस्थाको अनुभूति हुन थाल्छ।

पूर्व राजा शाहको नागार्जुनमा बसोबास छँदासम्म जंगलभित्रको बाटो सहज थियो, सफा थियो, खा’ल्डाखुल्डी थिएनन्। अहिले उप्किएको छ, बाटाभरि खा’ल्डाखुल्डी छन्। नागार्जुन दरबार वरिपरिको जंगलभित्र सुन्दरता बढाउन जडान गरिएका कलात्मक बत्ती फुटेका छन्।

कतिपयको तार छु’टेको छ। नफुटेका बत्तीहरु कु’हिएका पातले छो’पिएका छन्। दरबार परिसरभित्र टायल लगाइएको बाटोको हालत यस्तै छ। सल्लाका पातहरुले सडक छेउछाउको भाग छो’पिएको छ। पोखरीको पानी वनस्पतिका कु’हिएका पातहरुले भरिएको छ। पोखरीभित्रको फोहोरका कारण त्यहाँबाट एक किसिमको न’मीठो गन्ध आउँछ।

वरिपरि रहेका फूलवारीको नामोनिशान छैन। सबै भवनहरु धुलो र मैलोले ढा’किएका छन्। सफा गर्ने कामदार छैनन्। भवनहरुभित्र थोत्रा र काम नलाग्ने सामाग्री यत्रतत्र मि’ल्काइएका छन्। बाँकी रहेका फर्निचर लगायतका सामानहरु थप पुरानो र कु’हिँदै गएकाले तिनले दरबारभित्रका भित्री बरण्डा र कोठाहरुलाई कु’रुप बनाइदिएका छन्।

भित्तामा टाँ’गिएका अर्ना र जरायोका सिङहरु मक्किदै र कु’हिँदै छन्। मयुर पाल्न बनाइएको ठाउँका फलामे डण्डीपनि खियाले म’क्किएको छ। दीपेन्द्र, निराजन र श्रुतिहरुले खेल्ने पिङ र चा’काचुलीको हालत उस्तै छ। भूकम्पले भ’त्काएको नजिकैको जु’द्धकालिन भवनले डरमात्रै उत्पन्न गराउँछ।

राजतन्त्रकालमा नागार्जुन दरबारको सु’रक्षाका लागिमात्रै नेपाली सेनाको कम्तिमा कम्पनी तहको टु’कडी रहन्थ्यो। मेजर जनरल तहका सैनिक अधिकारी राजाको ए’डिसीका रुपमा रहन्थे। राजतन्त्र समाप्तीपछि स’शस्त्र प्रहरीले सुरक्षा दिन थाल्यो। तर, पूर्व राजा शाह नै नागार्जुन जान छा’डेपछि सशस्त्रले पनि त्यहाँ ख’टिने जवानहरुको संख्या घटायो।

२–३ जना सिपाहीहरु आलोपालो गरी यहाँ रहने गरेका छन्। राजतन्त्रकालमा जनरल तहका सैनिक अधिकारी बस्ने कार्यालयमा आजकल सशस्त्रका सिपाहीहरु रहन्छन्। यसैगरी राजप्रासाद सेवा अन्तर्गतका झण्डै तीन दर्जन कर्मचारी नागार्जुनमा रहन्थे। राजा वीरेन्द्र र ज्ञानेन्द्र धेरैजसो यहीँ रहने भएकाले मानिसहरुको आवतजावत पनि भइरहन्थ्यो।

तर अहिले नेपाल ट्रष्टले ख’टाएका एकाध कर्मचारीमात्र रहन्छन्। ट्रष्टका कार्यकारी सचिव आचार्यका भनाईमा, पूर्व राजा शाह नजाने भएकाले कर्मचारी र सुरक्षाकर्मीको संख्या घटाइएको हो। ‘नागार्जुन दरबारभित्र छिर्दा जंगलमा थुक्नसमेत डराउथ्यौँ हामी’,

राजप्रासाद सेवाका एक पूर्वकर्मचारी भन्छन्, ‘नागार्जुन दरबारको अहिलेको हा’लत हेर्दा सपना जस्तो लाग्छ। पहिलेकै नागार्जुन हो कि होइन जस्तो हुन्छ।’

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै