एकदमै सफा र कोमल हुन्छ ति मान्छेहरुको मन जो रिसाउदा पनि रुने गर्दछन – मनछुने भनाईहरू

१) जुन सम्बन्ध या मित्रता रकेटको गतिमा अघि बढि सेटलाइट झै चम्कन्छ, ति सम्बन्ध टुटेका तारा झै छिनमै बिलिन हुन्छ, नपुग्दै गन्तब्यमा ।

२) आफ्नै व्यस्त यो जिन्दगीमा यहाँ को-कसको हुन्छ ? मेरो एक मात्र सच्चा साथी हो ऐना, म रोए भने रुन्छ म हाँसे भने हाँस्छ ।

३) अनुभवले एउटै कुरा सिकाएको छ, नयाँ पिडानै पुरानो पिडाको औषधी बताएको छ ।

४) सबैले अनुहार हेरेर मात्र अर्थ लगाउन्छन्, तर के थाहा पीडा लुकाएर मुस्कुराउनु पर्ने जिन्दगीको बाध्यता हो ।

५) केटीहरुले त केवल दिल दिन्छिन, केटाहरुलाई दिलको साथ साथ बिल पनि दिनुपर्ने हुन्छ ।

६) एकदमै सफा र कोमल हुन्छ ति मान्छेहरुको मन जो रिसाउदा पनि रुने गर्दछन ।

७) एकदिन जब म दुनिया छोडेर जान्छु तर यो नसोच कि मैले तिमिलाइ भुलेको छु, बस एक पटक आकशतिर हेर, मेरो आँसु बर्षात बनेर झर्नेछ ।

८) भाग्यमा हुने मान्छेहरुको नाम निधारमा लेखिन्छ, नहुनेहरूको मुटुमा ।

९) प्रेम आफैमा खराब चिज हैन र यसले हानी पनि गर्दैन । प्रेम तब खराब, हानिकारक देखिन्छ, जब खराब मानिस आफ्नो स्वार्थ पूरा गर्न प्रेमको खोल ओडछन् ।

१०) हदभन्दा धेरै माया तबमात्र गर्नुस, जब सामनेबाला व्यक्ती तपाइको मायाको लायक होस किनकी स्वार्थी र निष्ठुरी मान्छेमाथी माया लुटाउने मान्छेहरु बर्बाद हुने गर्छन ।

११) यदि कसैले दिल दुखायो भने शान्त रहनुस किनकी जसलाई हामी जवाफ दिन सक्दैनौ, उसलाई समयले जवाफ दिनेछ ।

१२) प्राय मान्छेहरु आफ्नो गल्तीमा वकिल र अरुको गल्तीमा जज बन्ने गर्छन र पछी यहि असफलताको कारण बन्न पुग्छ त्यसैले आज बाटै यसको ठिक उल्टो गर्नुस, आफ्नो हरेक गल्तीमा आफै जज बनेर जज गर्नुस तब मात्र बिस्तारै आफु भित्रको कमजोरी देखिन सुरु गर्ने छ र त्यसको समाधान गर्ने उपाय पनि ।

१३) कमिहरु थुप्रै छन म भित्र तर बेइमान छुइन ।

१४) यदि कसै संग मन दुखेको छ भने केहि समय चुप बसेर त्यसलाई मेटाई दिनुपर्छ किनकि झगडाले त त्यो सम्बन्धलाई आगोमा झोसी दिन्छ, जसको अन्त्य सधै दुखद नै हुने गर्छ ।

१५) एउटा सफल मान्छे सधै केहि न केहि पाउने आशमा अगाडी बढ्ने गर्छ तर एउटा असफल मान्छे सधै कसै न कसैलाई पराजित गर्ने सोचमा अगाडी बढ्छ, त्यसैले सहि मान्छे सफल हुदै जान्छ र गलत मान्छे पतन हुदै जान्छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै