खोप लगाएको २० दिनमा यस्ता लक्षण देखिए रगत जम्ने समस्याको सङ्केत हुनसक्ने

विराटनगर / कोरोना भाइरसविरुद्धको खोप लगाएमा मानिसमा साइड इफेक्ट देखिनुलाई सामान्य मानिन्छ ।

यी साइड इफेक्टले शरीरमा खोपले एन्टिबडी विकास गरिरहेको बुझाउँछ । तर, खोपका साइड इफेक्ट सबै सामान्य हुँदैनन् र गम्भीर स्वास्थ्य जोखिमको सङ्केत गर्नसक्ने हुँदा देखिएको असरलाई राम्ररी अवलोकन गर्नुपर्ने हुन्छ । कोभिडको खोप लगाएपछि केही मानिसमा रगत जम्ने समस्या पनि साइड इफेक्टको रुपमा देखिएको छ ।

cura insider
दुर्लभ केसमा खोप लिँदा शरीरका विभिन्न भागमा रगत जम्ने (ब्ल्ड क्लट) हुनसक्छ, जसले रक्तसञ्चारमा अवरोध पु¥याउने, श्वासप्रश्वासमा समस्या निम्त्याउने वा मुटुमा पुगेर हृदयघात वा स्ट्रोकको कारण बन्नसक्छ । पल्मोनरी एम्बोलिजम थ्रोम्बोटिक आक्रमणको सबैभन्दा सामान्य प्रकारमध्ये एक हो, जुन खोपसँग पनि सम्बन्धित छ । ब्लड क्लट फोक्सोमा पुगेर महत्त्वपूर्ण रक्त प्रवाहमा अवरोध पुर्‍याउँदा एम्बोलिजम निम्तिन्छ ।

प्रारम्भिक लक्षणमा श्वास फेर्न गाह्रो हुने, श्वासप्रश्वासको समस्याको रूपमा देखा पर्नसक्छ, वा छाती दुख्ने हुनसक्छ । खोक्दा रगत देखिनु पनि यसको लक्षण हुनसक्छ । हातखुट्टामा पनि रगत जम्नसक्ने हुदा जोर्नी दुख्ने, सुन्निने, कडा हुने, छालाको रङमा परिवर्तन आउने, सानो रातो थोप्ला देखिने पनि हुनसक्छ । रगत जमेको ठाउँमा रक्तनलीमा क्षति हुने हुँदा सोही ठाउँको छाला रातो वा नीलो देखिन सक्छ ।

रगत जम्ने समस्या मस्तिष्कमा देखिने हुन्छ । खोप लगाएको लामो समयसम्मको अत्यधिक टाउको दुखाइ, कमजोरी, बोल्न गाह्रो हुने, दृष्टि कमजोर हुने शरीरमा ब्लड क्लट भएको सङ्केत हुनसक्छ । यो घातक पनि हुनसक्छ । यी खोप लगाएपछि देखिने साइड इफेक्टमा पेटसँग सम्बन्धित लक्षण देखिने हुँदैन । तर, पेट दुखाइ वा वाकवाकी हुनेजस्ता सङ्केत देखिए पेटमा रगत जमेको पनि हुनसक्छ ।

खोप लगाएका सबैलाई वा यी लक्षण देखिएका सबैमा रगत जम्ने समस्या भएको भन्न सकिँदैन । त्यसैले जाँच गराउनु आवश्यक हुन्छ । खोप लगाएको २० दिनभित्र कुनै पनि असामान्य वा माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा तुरुन्त समस्या पत्ता लगाई उपचार गर्नुपर्ने हुन्छ । रगत जम्ने समस्यालाई प्रारम्भिक चरणमा पत्ता लगाउन सके यसको उपचार सम्भव छ । (टाइम्स अफ इन्डिया)

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै