युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए । संयोग पनि कस्तो ! यस घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ । युरो कपमा रोनाल्डोले सुरुवाती खेलमै घरेलु टिम हंगेरीविरुद्ध दुई गोल गरेका छन् । यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ६ पुग्यो । सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा उनी इरानका देई अलीभन्दा केवल ३ गोलले पछि छन् । पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल गर्छन् र उनी जंक फुड तथा कार्बोनेटेड सफ्ट ड्रिक्ंस्बाटै टाढै रहन्छन् । युरो कपका अधिकारी प्रायोजक मध्येको एक कोकाकोलाले रोनाल्डोको कदमको जवाफ दिँदै मंगलबार विज्ञप्ति नै जारी गरेको छ । जहाँ, लेखिएको छ, ‘फरक आवश्यकता र स्वादका आफुले चाहेको पेप पदार्थ पिउन जो कोही स्वतन्त्र छन् ।’ यस घटनापछि कोकाकोलाको मार्केट भ्यालु २ सय ४२ अर्ब अमेरिकी डलरबाट घटेर २ सय ३८ अर्ब डलरमा झरेको छ ।

२ असार, काठमाण्डौ । निर्देशक मुकुन्द भट्टले निर्माण गर्न लागेको आगामी फिल्म ‘एक्स ९-लेभल १’ केही समय देखी नै चर्चा छ । अनमोललाई ७५ लाख पारिश्रमिक देखि मल्टीकास्ट सम्मको चर्चा बटुलेको यस फिल्म पुनः दोश्रो पटक चर्चामयती बेला उनले बलिउडका सुपरस्टार सुनिल शेट्टिलाई फिल्ममा अनुबन्धित गर्ने खबर सिन क्षेत्रमा चर्चाको विषय बनेको छ । सबैभन्दा ठुलो एक्सन-थ्रिलर फिल्म रहेको ‘एक्स ९-लेभल १’ मा बुझिए अनुसार शेट्टि खलनायकको चरित्र निभाउँदै छन् ।

करिब एक महिना अगाडि शेट्टीसँग फिल्मको बारेमा कुराकानी भएको निर्देशक भट्टले बताए । उनले भने, ‘उहाँ फिल्मलाई लिएर सकारात्मक हुनुहुन्छ । सम्भवतः चाँडै कागजी सम्झौता हुनेछ । उहाँले दिनको हिसाबले पारिश्रमिक लिने हुँदा एक हप्तामा उहाँको भागको सम्पूर्ण दृश्य खिच्ने छौँ ।’ एक हप्तामा सुनिल शेट्टीलाई करिब ४० लाख पारिश्रमिक तिर्नुपर्नेछ ।

तिहारपछि छायांकन सुरु हुने फिल्मका लागि उनी नेपाल नै आउनेछन् । फिल्मको कार्यकारी निर्मातामा सरोज रिजाल र निर्मातामा यादव प्रसाद पाठक रहेका छन् । नायकको भूमिकामा भने अनमोल नै रहने पक्का पक्की भइसकेको छ ।

यो पनि पढ्नुहोस्ः अष्ट्रेलिया बस्दै आएकी प्रकृतिको पुराहोला बलिउडमा काम गर्ने सपना?

काठमाण्डौं । प्रकृति श्रेष्ठ फिल्म ‘बिहे पास’ अभिनेत्री हुन् । यो फिल्ममार्फत उनले करिब ६ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन् । ‘होस्टेल’ बाट अभिनयमा डेब्यु गरेकी श्रेष्ठ फिल्म प्रदर्शनसँगै हराएकी थिइन् । ‘बिहे पास’मा श्रेष्ठ अभिनेता दायाहाङको जोडी बनेकी छन् ।

जसको छायाँकन निषेधाज्ञा अगाडि सकिएको थियो । पछिल्लो समय अष्ट्रेलिया रहँदै आएकी उनी यो फिल्म अभिनयका लागि उतैबाट आएकी थिइन् । फिल्ममा उनी दयाहाङको श्रीमतीको रुपमा देखिँदैछिन् ।

अबका दिनमा अभिनयलाई निरन्तरता दिने सोचमा रहेकी श्रेष्ठको बलिउड अभिनयमा छिर्ने पनि सपना रहेको छ । एक प्रशंसकले इन्स्टाग्राममा सोधेको बलिउड कामको विषयको प्रश्नमा उनले यो कुरा खोलेकी हुन् ।

उनले भनेकी छन् ‘बलिउड इच्छा छ । तर मलाई थाहा छ कि यो मेरो सपना मात्र हो ।’ ‘दर्पण छायाँ र ‘कल हो ना हो’ आफ्नो फेभरेट फिल्म भएको बताउने उनी उनको मनपर्ने कलाकार भने विक्रान्त मेस्सी र विक्की कौशल हुन् ।

इन्स्टामै एक प्रशंसकले उनलाई अभिनेत्री हुन मनपर्छ र ? भनेर समेत प्रश्न उठाएका छन् । जसको जवाफमा उनले अभिनय आफुलाई मनपर्ने र यसमै रमाउने बताएकी छन् ।

श्रेष्ठले केही अगाडि इन्स्टाग्राम मार्फत आफूले यौ’न उत्पी’डनको सामना गरेको खुलासा गरेकी थिइन् । एक प्रशंसकले ‘तपाईंले कहिल्यै यौ’न उत्पी’डनको सामना गर्नुभएको छ ?’ भनेर सोधेको प्रश्नमा उनले इन्डस्ट्रीमा काम गर्न सुरु गर्दाको समयमा यौ’न उ’त्पीडनको सामना गर्नु परेको बताएकी थिइन् । श्रेष्ठको नयाँ फिल्म ‘बिहे पास’ प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै