नेपालका लागि राहत जु’टाउन बेलायती अभिनेताले सुरु गरे अभियान

लण्डन । अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा को-भि’ड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम सङ्कलन अभियान सुरु गरेका छन् ।

‘जीवनको सबैभन्दा गाह्रो चु’नौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रायोजित मौ’न बसेका थिए । आइतबारदेखि थालनी गरिएको अभियानमा हालसम्म पाँच हजार पाउण्डभन्दा बढी रकम उठिसकेको छ । २४ घण्टा चुप लागेर बस्दा राम्रै अनुभूति भए पनि आफ्ना समर्थकहरूसँग बोल्न नपाएकामा गा’ह्राे भएकाे उनले सुनाए ।

बेलायतको सरे शहरमा रहेको आफनो घरमा मौन समय बिताएका ८४ वर्षीय ब्लेस्डले आफ्नो अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । जस्ट गि’भिङ नामक परोपकारी वेबसाइटमार्फत रकम सङ्कलन गरेका ब्रायनले नेपालसँग आफ्नो प्रगाढ सम्बन्ध रहेको र तीनपटकसम्म सगरमाथा चढ्न गरेको प्रयासको त्यो क्षण सम्झनलायक रहेको बताए ।

फ्य’ज नामक नेपाली परोपकारी संस्थाको संरक्षकका रूपमा सन् २०१५ देखि रहँदै आएको र यसैमार्फत नेपालीसँग नि’कटताको सम्बन्ध बढ्दै गएको बताउने ब्रा’यनले नेपाललाई परेको यो स’ङ्कटमा सबैले साथ दिन अनुरोध गरेका छन्
उनको अभियानबाट जुन महिनाको २५ तारिखसम्म जति रकम सङ्कलन हुन्छ त्यति बराबर नै बेलायत सरकारले पनि थपिदिने हुँदा यो रकमले यो स’ङ्कटमा केही भए पनि सहयोग पुग्ने उनको धारणा छ । यसरी उठेको रकम आफू संरक्षक रहेको फ्यज संस्थामार्फत प्रदान गरिने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै