म फेरि एकपटक सभापतिमा उठ्छु, एकपटकलाई सहयोग गर्नुस्

५ असार २०७८, शनिबार काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरी आफू सभापतिमा उठ्ने भन्दै सहयोग गर्न आग्रह गर्नुभएको छ ।

आफूनिकटका केन्द्रीय सदस्यहरुलाई गोप्यरुपमा बोलाएर देउवाले महाधिवेशनमा सहयोग गर्न आग्रह गर्नुभएको हो । बैठक गोप्य रहेको जानकारी गराउँदै देउवानिकट केन्द्रीय सदस्यलाई कसैलाई थाहा नदिइ आउन भनिएको थियो। उक्त बैठकमा सभापति देउवाले भन्नुभयो, म फेरि एकपटक सभापतिमा उठ्छु, एकपटकलाई सहयोग गर्नुस्।’

प्रदेश १ का केन्द्रीय सदस्यलाई बिहान बोलाएको बैठक करिब तीन घन्टा देउवानिवास बूढानीलकण्ठमा बसेको थियो। बैठकमा दर्जनभन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको बताइएको छ।आफूलाई सहयोग गर्न आग्रह गर्दै देउवाले भन्नुभयो, ‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ ।

म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं, अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै