चर्चित अभिनेत्री मनिषा कोईराला आमा बन्दै

नेपाली चेली तथा बलिउड अभिनेत्री मनिषा कोईराला आमा बन्ने भएकी छिन् । उनी बिबाह नै नगरी आमा बन्न लागेकी हुन् तर यो रियल नभएर रिल लाईफको कुरा हो ।

साउथमा राम्रो नाम कमाएका अभिनेता अल्लु अर्जुनको सुपरहिट फिल्म अला बैकुण्ठपुरमलु’ को हिन्दी रिमेकमा मनिषालाई आमाको भुमीकामा देखिने भएको हो । एकता कपुरले यस फिल्मलाई हिन्दी रिमेक गर्दैछिन् ।

मनिषाले यो फिल्ममा नायक अल्लु अर्जुनको आमाको भुमीका निर्बाह गर्दैछिन् । तर खास गज्जबको कुरा के भने यो हिन्दी रिमेकमा अल्लु अर्जुनको र पुजा हेगडको ठाउँमा कार्तिक आर्यन र कृति सेनन लाई देख्न पाईनेछ । रोहित धवनका अनुसार मनीषालाई आमाको रोल खेल्दिन गरेको आग्रह स्विकार्य भएको छ ।

मनीषाले सहजै आमाको भूमिका निर्वाहका लागि स्वीकार गरेको धवनले बताए । फिल्मको तेलगु भर्सनमा तब्बुले अल्लु अर्जुनकी आमाको भूमिका निर्वाह गरेकी थिईन् । रोहित र एकताले हिन्दी रिमेकका लागि पनि तब्बुलाई आमाको भूमिकामा राख्न खोजेका थिए तर उनले यो प्रस्ताव सजिलै अस्विकार गरेकी थिईन् ।

कारण थियो भूलभूलैया २’मा पनि कार्तिक आर्यनको आमाको भूमिकामा उनी देखीसकेकी थिईन् । आमाको रोल गर्ने मान्छे नै नपाईरहेका बेला मनिषाले भने सहजै प्रस्ताव स्विकार गरेकी थिईन् ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै