आज फेरी ह्वात्तै घटयो सुनको भाउ कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल बजारमा सुनको भाउ फेरि ओरालो लागेको छ। लगातार २ दिन बढेको सुनको भाउ बुधबार फेरि ओरालो लागेको हो। बुधबार सुनको भाउमा गिरावट आएको छ । मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ बुधबार भने ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ७०० रुपैयाँमा झरेको हो ।हिजो मंगलबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ५०० रुपैयाँ किनबेच भएको थियो।

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।यता चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आउदै एक हजार २९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै