अष्ट्रेलियाको PR पाउने आधार अझ सहज

अष्ट्रेलिया : अष्ट्रेलियाले स्थायी बासिन्दाको अनुमति (पीआर) पाउने प्रावधान अझ सहज बनाएको छ । सरकारद्वारा मंगलबार जारी गरिएको नयाँ नियमअनुसार यहाँ रहेका नेपालीले समेत राहत पाउने भएका छन् ।

अध्यागमनमन्त्री एलेक्स हकले मंगलबार २२ वटा कार्यक्षेत्रलाई प्राथमिकताका आधारमा छ’रितो किसिमबाट भिसा प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको बताएका छन् ।जसअनुसार अधिकांश नेपालीले अध्ययन गर्ने एकाउन्टिङ र सूचना प्रविधि(आईटी) विषयसमेत पछिल्लो निर्णयमा समेटिएको छ ।
उच्चशिक्षा अध्ययनपछि स्थायी बासिन्दाको अनुमति लिनका लागि वर्षौंदेखि सं’घर्ष गरिरहेका नेपाली विद्यार्थी समेत सरकारको निर्णयअनुसार छिटो प्रक्रियामार्फत पीआर लिन योग्य हुने भएका छन् ।सरकारले यसभन्दा पहिले नर्सिङ, सामाजिक कार्यकर्ता, चिकित्सकलगायतका १९ वटा विषयमा अध्ययन गरेको कार्यक्षेत्रलाई प्राथमिकताका आधारमा भिसा प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

सरकारले मंगलबार थप २२ वटा कार्यक्षेत्रलाई समेत यसै प्रक्रियामा सहभागी गराउने निर्णय गरेको हो ।थप गरिएको सूचीमा सेफ, विभिन्न एकाउन्टिङ विषय, आईटी, इन्जिनियरिङ, सर्भेलगायतका कार्यक्षेत्र छन् ।कोरोना भाइरसका कारण अस्ट्रेलियाली कार्यक्षेत्रमा दक्ष कामदारको अ’भाव देखिन थालेपछि सरकारले यो निर्णय गरेको समाचारमा जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै