कुनै पनि गल्ती मान्छेले दुइ पटक गर्न सक्दैन र यदि गर्छ भने त्यो उसको गल्ती होइन उसको इच्छा हो भनेर बुझ्नु – मनछुने भनाई

१) ठूलो सफलता प्राप्त गर्नको लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ।

२) आफ्नो धन अर्काको भलाईमा प्रयोग हुन्छ भने, त्यसको मूल्य रहन्छ । अन्यथा यो दु:खको भण्डार हो, यसबाट जतिसक्दो छुटकारा मिल्नुपर्छ ।

३) कुनै पनि गल्ती मान्छेले दुइ पटक गर्न सक्दैन र यदि गर्छ भने त्यो उसको गल्ती होइन उसको इच्छा हो भनेर बुझ्नु ।

४) मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन ।

५) जब केहि सेकेन्ड मुस्कुराउदा फोटो राम्रो आउछ भने सधै भरि मुस्कुराएर बाच्दा जीवन कति राम्रो होला ।

६) खुसी यो कुरामा निर्भर गर्दैन कि तिमीसंग के छ या तिमी के हौ, खुसी त यो कुरामा निर्भर गर्छ कि तिमीले के सोच्दैछौ ।

७) मान्छेले कुनै पनि चिजको महत्व दुइ पटक मात्र बुझ्दछ, एक पटक पाउनु भन्दा पहिला र अर्को पटक गुमाईसके पछी ।

८) कुनै समय पनि तिमी नर्भस हुँदैनौ भने तिमी मानिस नै होइनौ । ९) आविष्कारको लागि तिमीमा कल्पनाशक्ति हुनु जरुरि छ।

१०) हामी यहाँ यो संसारलाई अझै सुन्दर र सबै मानिसहरुको लागि स्वतन्त्रताको आभास दिलाउन जन्मिएका हौँ ।

११) तिम्रो मन्जुरी बिना कसैले पनि तिमीलाई कम्जोर सावित गर्न सक्दैन । त्यसैले आत्मबल बढाउ । १२) मानिस महान उसले गर्ने कामले हुन्छ, उसको जन्मले होइन ।

आफूमा सुधार ल्याउनको लागि अपनाउन सकिने टिप्स : संसार बदल्नुछ भने पहिले आफैबाट सुरु गर्नुपर्छ । आफ्नो लक्ष्यमा पुग्नु छ भने आफूलाई दिन प्रतिदिन सुधार गर्दै हिजो भन्दा आज अझ राम्रो व्यक्ति बन्न हरदम प्रयास गर्नुपर्छ । यसको लागि के गर्न सकिन्छ ?

– लक्ष्य निर्धारण गर्नुहोस् । – ठूलो लक्ष्यभित्र साना-साना लक्ष्यहरु पनि राख्नुहोस् । – साना लक्ष्यहरु पूरा भए/नभएको विवरण राख्नुहोस् ।

– आफ्नो प्रगति विवरण मूल्यांकन गर्ने बानी बसाल्नुहोस् । – आफूलाई अरुसंग नदाज्नुहोस् । तपाईं जस्तो हुनुहुन्छ, विशेष हुनुहुन्छ। आफूलाई अंगाल्नुहोस् ।

– प्रतिस्पर्धा अरुसंग होइन, हिजोको आफूसंग गर्नुहोस् । – आफ्नो काम सकेसम्म आफै गर्ने गर्नुहोस् । – अरुलाई सहयोग गर्ने बानीको विकास गर्नुहोस् ।

– आफ्नो नैतिक आचरणलाई सधै राम्रो बनाउने प्रयास गर्नुहोस् । – प्रेरणा दिनेखालका विषयवस्तु तथा किताब पढ्ने गर्नुहोस् ।

– नकारात्मक सोंच राख्ने मानिसहरुसंगको दूरी बढाउनुहोस् । – असल सोंच राख्ने मानिसहरुको संगत गर्नुहोस् ।

– प्रत्येक दिन केही नयाँ कुरा सिक्न उत्सुक रहनुहोस् । – वैचारिक बहसमा सहभागी बन्नुहोस् ।

– सिकेको वा देखेको नयाँ कुरा, आफ्ना विचार र भावना लेख्ने गर्नुहोस् । – आफ्नो ख्याल राख्ने, व्यक्तित्वमा निखारता ल्याउने प्रयास गर्नुहोस् ।
– मेडिटेसन वा शारीरिक अभ्यास गर्नुहोस् ।

– अरुको काम तथा विचारलाई पनि ग्रहण गर्ने/ सुन्ने. विश्लेषण गर्ने र सकारात्मक आलोचना गर्ने गर्नुहोस् ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै