फेरी निषेधाज्ञा बारे निर्णय लिन आजै बैठक, अब कुन–कुन क्षेत्र खुकुलो बनाउने र कुन–कुन क्षेत्रमा कडाइ ?

काठमाडौँ । कोभिड भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः एकसाता थप्ने तयारी भएको छ ।

कोरोना संक्रमण घटे पनि संक्रमण हुनसक्ने जोखिम कामयै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले जानकारी दिए ।

निषेधाज्ञा अवधि थप एकसाता लम्बिने भएपनि कुन–कुन क्षेत्रलाई खुकुलो बनाउने र कुन–कुन क्षेत्रलाई कडाइ गर्ने भन्ने बारे निर्णय गर्न आज आइतबार अपराह्न ४ बजे उपत्यकाका ३ जिल्लाका सीडीओहरुको बैठक बस्दैछ ।

अहिले समय तोकेर किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेडर पसल, कृषीजन्य विउविजन तथा मलखादका पसल, पुस्तक तथा स्टेसनरी पसलहरु खोल्न दिइएको छ ।

निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन दिइएको छ तर, सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ ।

राष्ट्रिय यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात सञ्चालनमा ल्याउन गरेको मागमा यसपटक प्रशासन सकारात्मक देखिएको बताइएको छ ।

काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा यही असार १४ गते राति १२ बजे सकिँदै छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै