दक्षिणकालीको दर्शन गरी जान्नुहोस् तपाईंको भोलि असार १४ गते सोमबार कस्तो रहला ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईको दिन यात्राको लागि शुभ छ। व्यापार सम्बन्धित कार्यको लागि लाभदायी दिन छ। घरमा शुभप्रसंगको आयोजन हुनेछ। लगानी गर्दा आर्थिक लाभ होला। श्रीमतीको स्वास्थ्यलाई लिएर चिन्तित रहनुहुन्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको दिन अनुकूल र प्रतिकूल छ। व्यवसायिक रूपबाट नयाँ विचारधारा अभ्यासमा ल्याउनु हुनेछ। आलस्य र व्यग्रता बनिरहनेछ। त्यसैले स्वास्थ्य प्रति ध्यान दिनुहोला। प्रतिस्पर्धीसँग वाद-विवादमा नउत्रिनुहोला। व्यापारीले पैसाको लेन-देनमा ध्यान राख्नुहोला।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नकारात्मक विचारलाई मनबाट टाढा राख्नुहोला। खान-पिनमा ध्यान राख्नुहोला। आकस्मिक पैसा खर्च हुनेछ। कुनै कारणवश बाहिर जाने प्रसंग उपस्थित हुनेछ। मध्यान्नपछि बौद्धिक तथा साहित्यिक प्रवृत्तिमा रहनुहुन्छ। मानसिक रुपले अस्वस्थ रहनुहुन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

स्वादिष्ट एवम् उत्तम भोजन, सुन्दर कपडा र विपरीत लिंगीय व्यक्तिको साथ पाएर प्रसन्न रहनुहुन्छ। तपाईको आर्थिक पक्ष सुदृढ बन्नेछ। विचारमा अनिर्णायक्ता रहनेछ। अचानक पैसा खर्च होला। सहकर्मीसँग आन्तरिक मतभेद बढ्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यवसायमा धनसम्बन्धित आयोजन पनि गर्न सक्नुहुन्छ। विदेश स्थित व्यवसायीजनबाट लाभ होला। प्रबल लाभको योग छ। रिस नियन्त्रण गर्नुहोला। नयाँ कार्य प्रारम्भ नगर्नुहोला। व्यापारको विस्तारण गर्नुहुन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको दिन सुख-शान्तिपुर्वक बित्नेछ। तपाईले गहना खरिद गर्नुहुनेछ। साथ-साथै कला प्रति पनि अभिरुचि रहनेछ। व्यापारको लागि दिन शुभ छ। पैसा सम्बन्धित विषयमा सरलता रहनेछ। घरमा शान्ति र आनन्दको वातावरण बनिरहनेछ। व्यवसायमा वातावरण राम्रो रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको दिन मध्यम फलदायी छ। शारीरिक उर्जा र मानसिक प्रसन्नता अभाव हुनेछ। परिवारमा उग्र वातावरण रहनेछ। व्यवहारिक जीवनमा मानहानिको प्रसंग नबनोस् यस कुराको ध्यान राख्नुहोला। मध्यान्नपछि शारीरिक र मानसिक स्थितिमा सुधार हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

सम्पत्ति सम्बन्धित कार्य एवम् घरायसी जीवनको प्रश्नको समाधान आउनेछ। व्यवसायीजनको लागि दिन अनुकुल छ। प्रतिस्पर्धी परास्त हुनेछ। मध्यान्नपछि शारीरिक र मानसिक प्रतिकूलता रहनेछ। व्यवहारिक जीवनमा असफलता मिल्नेछ। खानपिनको व्यवस्था समयानुसार हुनेछैन।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

स्वास्थ्य राम्रो रहनेछ। तपाईको दिन आध्यात्मिक प्रवृत्तिको लागि निकै राम्रो छ। आर्थिक लाभ हुनेछ। विद्यार्थीले विद्या-अभ्यासमा अधिक ध्यान दिन आवश्यक छ। मध्यान्नपछि स्थिति अनुकूल रहनेछ। मनमा रहेको दुविधा समाधान गर्नुहुन्छ। शरीर र मन दुवै स्वस्थ रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

धार्मिक र आध्यात्मिक प्रवृत्ति वृद्धि हुनेछ। व्यवसाय र व्यापारमा वातावरण अनुकूल रहनेछ। तपाई हरेक काम सरल तरिकाले पूरा गर्नुहुन्छ। मध्यान्नपछि तपाईको विचारमा नकारात्मक भाव वृद्धि हुनेछ। यसले निराशा बढ्न सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

धार्मिक र सामाजिक कार्यमा पैसा खर्च हुनेछ। आफन्त र मित्रसँग झगडा हुन सक्ला। केहि अधिक आध्यात्मिकता प्रति ध्यान दिनु हुनेछ। दुर्घटना एवम् शल्यचिकित्साबाट सम्हालिनु होला। मध्यान्नपछि प्रत्येक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

व्यवसायिक तथा अन्य क्षेत्रमा दिन लाभदायक छ। यात्रा तथा घुमफिर हुनेछ। मध्यान्नपछि हरेक काममा सावधानी अपनाउनु पर्ने हुन्छ। व्यवसायिक काममा सरकारी प्रभाव बढ्नेछ। अधिक श्रम गर्दा पनि फल कम प्राप्त हुन्छ।

 

र यो पनि सुत्ने बेलामा सुपा देउरालीको दर्शन गरि पुरा पढेर सुत्नु होला , सबै मनोकामना पुरा हुनेछ

काठमाडौं, २५ असारः सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ यो देवी मन्दिर। नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ।

सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ। सुपा देउरालीपारिको राष्ट्रिय योजनामा सूचीकृत सिमेण्ट उद्योगको घाउले सुपाको महिमा जिल्ला, अञ्चल, केन्द्र हुँदै भारतसम्म उजागर छ।

यस प्रसिद्ध धार्मिक मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने सान्दर्भमा विभिन्न किम्वदन्तिहरूका आधार र पहरामा लाहुरे टाँसिएको, भगवान रामकी पत्नि सिताले बनाएको चुलो, जाँतो आदीका शिलाहरूबाट त्रेता युग देखि नै यहाँ शक्ति थियो भन्न सकिन्छ । पछि आएर बाइसे चौबिसे राज्यका पालामा खाँचिकोट राज्यका राजकुमार र भारतको बलरामपुरकी राजकुमारी बीच विवाह गरि घर तर्फ ल्याउँदा बाटोमा केही कुरा झुटो बोलेर अथवा ढाँट छल गरेर विवाह गरेको हल्ला दुलहीले सुनिन् ।

डोलिमा बोकेर ल्याएकी दुलही हाल सुपा देउराली मन्दिर रहेको स्थान भन्दा करिब पचास मिटर दक्षिणमा पुग्दा डोलिबाट रगतको थोपा झरेछ । यो रगतको थोपा देखेर हाल मन्दिर रहेको स्थानमा आएर डोलिमा हेर्दा दुलही मृत अवस्थामा थिइन् । त्यसपछि खाँचिकोट राज्यमा विभिन्न रोग व्याधी र महामारी फैलिएर विभिन्न विध्न वाधाहरू उत्पन्न हुन थाले ।

एक जना खनाल थरका ज्योतिषलाई बोलाएर धामी, झाँक्री हेराउँदा त्यस ठाँमा दैविक शक्ति उत्पन्न भएको र कोलो पाठी बलि दिनु पर्छ भनेकाले त्यसै समय देखि खाँचिकोट राज्यका राजा ठकुरी राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कुल पूजा गर्दै हालसम्म आएको इतिहास पाइन्छ। त्यही समय देखि यस मन्दिरमा आफ्नो मनोकामना पुर्ण होस् भनेर भाकल गर्ने विभिन्न जिन्सी सुन, धजा, वस्त्र, रातो फूल, माला चढाएर पाठा पाठीको बलिपूजा गर्ने र परेवा उडाउने व्यापक प्रचलन रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै