नेपाल खुला विश्वविद्यालयले माग्यो प्राध्यापकदेखि कर्मचारीसम्म

नेपाल खुला विश्वविद्यालय सेवा आयोगले स्थायी सेवामा पदपूर्ति गर्न प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदका लागि दरखास्त माग गरेको छ। विश्वविद्यालयले आज सूचना निकालेर कार्यकारी परिषदको वैशाख २४ को निर्णयअनुसार भन्दै आन्तरिक र खुला प्रतियोगितामार्फत् प्राध्यापकदेखि कर्मचारीसम्म माग गरेको छ। आन्तरिक शिक्षण सेवातर्फ प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा गरी कूल २२ जनाको माग भएको छ। आन्तरिक प्रतियोगितामार्फत् पदपूर्ति गर्न प्रशासनतर्फ शाखा अधिकृत, कार्यालय मुख्यसहायक, लेखा मुख्य सहायक, प्राविधिक मुख्य सहायक गरी कूल १० जनाको माग भएको छ।

खुला प्रतियोगितातर्फ शिक्षण सेवाका लागि प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक गरी कूल २२ जनाको माग भएको छ। प्रशासनतर्फ खुला प्रतियोगिताबाट शाखा अधिकृत, लेखा अधिकृतलगायत पदमा गरी कूल २० जनाको माग भएको आजको गोरखापत्रमा विश्वविद्यालयले निकालेको सूचनामा उल्लेख छ। इच्छुकले ३५ दिनभित्र आवेदन दिन सक्छन्। त्यसका लागि विश्वविद्यालयको वेवसाइट www.nou.edu.np/career मा गएर फारम डाउनलोड गरी [email protected] मा इमेल गर्न सकिन्छ। प्राध्यापकका लागि फारम भर्न तीन हजार शुल्क लाग्छ। सहप्राध्यापकका लागि दुई हजार सात सय, उपप्राध्यापकका लागि दुई हजार चार सय, शाखा अधिकृतलाई दुई हजार, कार्यालय मुख्य सहायकलाई एक हजार दुई सय, कार्यालय सहायकलाई नौ सय र समावेशी शुल्कप्रति समावेशी तीन सय छ।

================================
र यो पनि त्रिविले माग्यो ७७ जना सूचना प्रविधि अधिकृत

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्यप्राविधिक सहायक मागेको छ। कार्यालयले आज सूचना निकालेर १० जना प्राविधिक अधिकृत मागेको छ भने ६७ जना मुख्यप्राविधिक सहायक मागेको छ। अधिकृत तृतीय श्रेणीका लागि दुई हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि दुई हजार दस्तुर लाग्नेछ। २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन्।

हेर्नुस् सूचना:

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै