श्रीमानलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमती र छोरा पक्राउ

बर्दिया । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले बर्दियाबाट दुईजनालाई पक्राउ गरेको छ ।मधुवन नगरपालिका–४ बादरभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उनकै श्रीमती ३८ वर्षीय सिता थारु र छोरा १८ वर्षीय किशोर रहेका छन् । प्रहरीले उनीहरुलाई सोमबार साँझ पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुबीच घरायसी विवादमा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते लक्षिरामको गम्भीर घाइते भई जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको बुझिएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै