छि’ट्टै बि’र्स’ने बा’नी छ ? त्यसो भए खा’नु’हो’स् यस्ता खा’ने’कु’रा

के तपाइँमा छिट्टै बिर्सिहाल्ने बानी छ ? यदि त्यसो हो भने आज हामीले स्मरण शक्ति बढाउन अपनाउनुपर्ने कुराको बारेमा जानकारी दिँदैछौँ ।
वैज्ञानिकहरुले भने यस्तो धेरै भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताउँदै आएका छन्।

१. दालचिनी, मरिच चिया, कफी तथा बेसारः बेसार, चिया, कफी, दालचिनी तथा मरिचको नियमित सेवन समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् ।

२. ओखरः जसले दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।

३.स्ट्रबरीः यसमा प्रशस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

४. दहीः दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पुर्याउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।

५. गोलभेँडाः गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

६. तुलसीः मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनदिनै तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

७.अलैँचीः अलैँचीमा प्रशस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

८. जाइफलः जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन सहयोग गर्छ ।

मानसिक तनाबबाट मुक्त हुन अपनाउनुहोस् यस्ता उपायहरु

सजिलैगरी भन्न सक्छन्– मलाई टेन्सन छ । तर त्यो तनाबको सही व्यवस्थापन गर्न नसक्दा संसारमा गम्भीर खालका रोगीको संख्या थपिदै गएको छ। चिकित्सकहरु पेटमा हुने अल्सरदेखि, धेरै गम्भीर रोगको कारण बन्ने उच्चरक्तचाप, चिनीरोगदेखि मतिष्कघात र पक्षघातको प्रमुख कारण तनाव बन्दै गएको बताउँछन् ।

मानसिक तनाव भए के हुन्छ ?

मानसिक तनावका कारण मानिसलाई थुप्रै रोगहरू लाग्न सक्छ । डिप्रेसन, निराशापन, एन्जाइटिक डिसअर्डर, छटपटीको समस्या, त्यस्तै गरेर अनिन्द्राको समस्या हुन्छ । तनावमा मानिसहरूलेले रक्सी, गाजा, बिभिन्न खालका ट्याब्लेटसमेत प्रयोग गर्छन् । धेरै तनाव भयो भने कहिलेकाही रक्सी खानेले पनि धेरै खान्छ । जस्तै भूकम्पका कारणले आफ्नो घर भत्कियो ।

अब बनाउने उपाए छैन त्यसले गर्दा कतिपए मानिसलाई तनाव भइरहेको छ । त्यस्तै पागलपनको समस्या पनि तनावकै कारण हुन्छ । टाउको दुख्ने समस्या अर्को समस्या हो । अलिकति तनाव भयो टाउको दुखिहाल्ने समस्या पनि हुन्छ कतिपएलाई ।

टाउको गह्रौ भएजस्तो, भारी भएजस्तो, तातो भएजस्तो महसुस हुन्छ । दिक्क लाग्ने नरमाइलो लाग्ने, निराश हुने छटपटी हुने, अत्यास लाग्ने ढुकढुकी बढ्ने हुन्छ। कतिपए अवस्थामा मान्छेलाई मुटुकै समस्या भयोकि मलाई भन्ने पनि हुन्छ। डर लाग्ने, पेट पोलेको जस्तो हुने हुन्छ । कतिपएलाई ‘स्ट्रेस’ को कारणले ग्याष्ट्रिकको समस्यासमेत हुन्छ ।

ग्याष्ट्रिकको दबाइ खाएको छ, तर पेटको समस्या समाधान भएको छैन । दिसा कहिले ढिलो हुने कहिले चाडो हुने भएको छ । हातखुट्टा झमझमाउने, पोल्ने, कहिले यता दुखे जस्तो कहिले उता दुखेजस्तो लाग्ने हुन्छ । यस्तो बेलामा जचाउन गयो रिपोर्टमा केही पनि आउदैन ।

यो सबै तनावका कारणले हुन्छ। शंका लाग्ने, मलाई केही भयोकि भन्ने खालका महसुस हुने हुन्छ । रक्सी चुरोट गाँजा लगायतका कुलतमा फस्ने पनि हुन्छ ।

मानसिक तनावबाट बच्ने उपाय के हो ?

मानसिक तनावबाट बच्न दुई वटा उपाय छन् । एउटा यसबाट कसरी जोगिने र अर्को यसको उपचार कसरी गर्ने भन्ने हो । सबैभन्दा पहिला आफ्नो जीवनलाई व्यवस्थित गर्नुपर्‍यो । जसरी शरीर स्वस्थ्य राख्न हामी व्यायाम गर्छो त्यसैगरी मनको स्वस्थताका लागि पनि काम गर्नुपर्‍यो ।

आफ्नो विचारलाई कसरी स्वस्थ्य राख्ने ? विचार कतातिर गइरहेको छ । म आज कस्तो छु? मेरो सोचाई कस्तो छ ? म स्वस्थ्य छुकि छैन ? आज म खुसी छुकि छैन ? अलि बढी तनावमा पो छुकि यस्ता कुरा बेलाबेलमा जाच्नुपर्छ ।

पारिवारिक तनाव होकि, व्यवसायिक तनाव होकी, जागीरको तनाव होकी यसलाई पत्ता लगाउनुपर्छ । कसैले मलाई आलोचना गर्‍यो मैले माफी नदिएको होकी जस्ता कुरालाई पनि ध्यान दिनुपर्छ । त्यो बाहेक निन्द्राको व्यवस्थापन, खानाको व्यवस्थापन गर्न जरूरी छ । बेलाबेलामा मनोरन्जन आवश्यक छ ।

आफूले आफूलाई स्वस्थ्य र बलियो बनाउन मैले कुनै रमाइलो र खुसी हुने काम गरेको छुकि छैन भनेर आफूले आफैलाई जाच्नुपर्छ । आफ्नो सबैभन्दा ठूलो डाक्टर आफै हो । त्यसैले मानिसले आफ्नो तनावको कारण पत्ता लगाउनुपर्छ ।

आधुनिकताले गर्दा व्यक्तीवादी चिन्तन हावी भएको छ । दिनरात काम गर्ने गर्नाले एक दिन पनि मानिसलाई फुर्सद छैन । राति ‘डिउटी’ गर्नेहरुलाई अझै बढी मानसिक तनावको समस्या हुन्छ ।

बेलाबेलामा साथीभाइ, आफन्तसँग घुम्ने रमाइलो गर्ने गर्नुपर्छ। बिदाको दिनमा आफ्नो कामको तनाव लिनु हुँदैन । आफ्नो विचारलाई बेलाबेलामा जाँच गर्नुपर्छ । यस्ता कुरालाई ध्यान दिने हो भने हामी एन्जाइटी, डिप्रेसनलगायतका समस्याबाट सजिलै बच्न सक्छौ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै