आज बालुवाटार छाड्दै ओली, २००० गाडी र ३००० हजार मोटरसाइकलले बालकोट पुर्‍याउने

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट जाने भएका छन्।

आज बिहान ११ बजे ओलीले सरकारी निवास छाड्ने भएका छन्। प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त भएपछि ओलीले बालुवाटार छोड्न लागेका हुन्।

देउवा सपथग्रहण र पदभार ग्रहण गरेपछि निजी निवास बूढानिलकण्ठ गएका थिए। उनी अब केही दिनमा सरकारी निवास बालुवाटार सर्नेछन्।

यो पनि पढ्नुहोस
२४ घण्टामा देशभर झन् बढ्यो कोरोना संक्रमण, थप १८ को ज्यान गयो

आज घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

आज ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमालेको भातृ संगठन युथ फोर्सले स्कर्टिङ गरेर पुर्‍याउने तयारी गरेको छ। मंगलबार क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताइएको थियो।

एमालेका युवा संघ ईञ्चार्ज महेश बस्नेतका अनुसार अध्यक्ष ओलीलाई बुधबार बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गर्ने तयारी छ। दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पुर्‍याउने कार्यक्रम रहेको बस्नेतले बताए।

साथै कौशलटारदेखि बालकोटसम्म जनताले ओलीलाई स्वागत गर्ने कार्यक्रम रहेको पनि उनको भनाइ छ।

सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो। देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त भएका थिए।

फेसबुकबाट प्रतिक्रिया

धेरै पढिएको

सम्बन्धित खवर

भर्खरै